४ वर्षे वि.वि.एस. दोश्रो वर्ष नियमित परीक्षा दिने परीक्षार्थीहरूका लागि परीक्षा आवेदन फाराम भर्ने सूचना

२०८०।०९।२६

 

त्रि.वि.प.नि.का. वल्खुद्वारा प्रकाशित सूचना अनुसार वार्षिक परीक्षा प्रणाली अनुसार २०८० सालमा संचालन हुने ४ वर्षे वि.वि.एस. तह दोश्रो वर्षको परीक्षा दिने यस क्याम्पसमा २०७८ समूहमा भर्ना भएका नियमित परीक्षार्थीहरूले मिति २०८० साल माघ २२ गतेसम्ममा नियमित दस्तुर र साधारण म्याद सकिएको एक हप्ता भित्र दोब्बर दस्तुर सहित परीक्षा आवेदन फाराम भरि दिनको ११ः०० बजेदेखि २ः०० बजेभित्र शैक्षिक प्रशासन शाखाबाट रुजु गराई आर्थिक प्रशासन शाखाको फी काउण्टरमा बुझाउन हुन सम्वन्धित सवैको जानकारीको लागि सूचित गरिन्छ । 

 

परीक्षा आवेदन फाराम सम्बन्धमा :

१. परीक्षा आवेदन फाराम स्वयं विद्यार्थीले भरी सबै प्रकृया पु¥याई आफैंले बुझाउनु पर्नेछ । यसमा अन्यथा हुन गएमा क्याम्पस जवाफदेही हुने छैन ।

२. परीक्षार्थीहरूले त्रि.वि. रजिष्ट्रेशन नं. परीक्षा आवेदन फारामको निर्दिष्ट स्थानमा अनिवार्य रूपमा उल्लेख गर्नु पर्नेछ । 

३. वि.वि.एस. दोश्रो वर्षको परीक्षामा सम्मिलित हुन प्रथम वर्षको परीक्षामा सम्मिलित भएको वा परीक्षा आवेदन फाराम भरेको हुनु पर्नेछ ।

४. परीक्षा आवेदन फाराम भर्नको लागि हालसालै खिचेको (साधारण पोसाकमा) पासपोर्ट साइजको २ प्रति फोटो आवश्यक पर्नेछ । परीक्षा संचालन अवधिसम्म प्रवेश पत्र प्रतिलिपी लिनु परेमा परीक्षा आवेदन फाराममा प्रयोग भए अनुसारको फोटो नै पेश गर्नु पर्नेछ ।

५. परीक्षार्थीहरूले आवेदन फाराम माथि प्रथम वर्षको नियमित परीक्षा रोल नं. अनिवार्य रूपमा उल्लेख गर्नु पर्नेछ ।  

 

क्याम्पस प्रमुख