वि.वि.एस. दोश्रो वर्ष, २०७६ समूहको निःशुल्क छात्रवृत्तिको लागि आवेदन माग गरिएको सूचना

२०८०।०५।२४

 

यस क्याम्पसको वि.वि.एस. तह दोश्रो वर्ष, २०७६ समुहका विद्यार्थीहरूबाट निःशुल्क छात्रवृत्तिको आवेदन फाराम पुस्तकालय शाखा स्थित फोटोकपीबाट खरीद गरी नियमानुसार भरी निम्न मिति, समय र स्थानमा बुझाउन यो सूचना प्रकाशित गरिएको छ । 

 

आवेदन फाराम बुझाउने म्याद :– मिति २०८० भाद्र २९ गतेदेखि आश्विन ०७ गतेसम्म ।

आवेदन फाराम बुझाउने समय र स्थान :– दिनको ११ः०० बजेदेखि २ः०० बजेभित्र, शैक्षिक प्रशासन शाखामा ।

 

निःशुल्क छात्रवृत्ति फाराममा संलग्न गर्नुपर्ने :

१) हालसालै खिचिएको पासपोर्ट साइजको फोटो २ प्रति ।

२) नेपाली नागरिकताको प्रमाण पत्रको फोटोकपी १ प्रति ।

३) विद्यार्थी परिचय पत्रको फोटोकपी १ प्रति ।

४) वि.वि.एस. दोश्रो वर्षको भर्ना रसिदको फोटोकपी १ प्रति ।

५) वि.वि.एस. प्रथम वर्षको लब्धांक पत्रको फोटोकपी १ प्रति ।

६) प्रमाण पत्र तह वा सो सरहको चारित्रिक प्रमाण पत्रको फोटोकपी १ प्रति र एस.एल.सी. वा सो सरहको चारित्रिक प्रमाण पत्रको फोटोकपी १ प्रति अनिवार्य पेश गर्नु पर्नेछ ।

७) दुर्गम/दलित/आदिवासी/जनजाती विद्यार्थीहरूले सम्बन्धित कार्यालयबाट दुर्गम/दलित/आदिवासी/जनजातीको प्रमाण पत्र अनिवार्य पेश गर्नु पर्नेछ ।

 

  • पुनश्चः 

१. माथि उल्लेखित संलग्न कागजात अनुसार प्रत्येक बुँदामा (चिन्ह लगाएर मात्र फाराम बुझाउनु पर्नेछ ।

२. उपरोक्त अनुसारको निशुल्क छात्रवृत्तिको अन्तरवार्ताको समय तथा विस्तृत जानकारीको सूचना पछि प्रकाशित गरिनेछ । 

 

        सहायक क्याम्पस प्रमुख