परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरूले सम्पर्क राख्न आउने बारे सूचना

२०८०।०५।११

 

यस क्याम्पसमा सदा झैं यही मिति २०८० साल भाद्र १७ गते ७० औं वाणिज्य दिवस मनाइने हुँदा उक्त दिवसमा त्रि.वि.प.नि.का. वल्खुद्वारा संचालित निम्नलिखित वार्षिक परीक्षाको नतिजामा उत्कृष्ट अंक ल्याउने १ जना महिलासहित ३ जना जेहेन्दार विद्यार्थीहरूलाई प्रमाण–पत्र तथा नगद पुरस्कार दिइने भएकाले र उक्त कार्यको लागि परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरूको नामावली त्रि.वि.प.नि.का. वल्खुबाट प्राप्त हुन नसकेकोले यसै सूचनालाई आधार मानी निम्न परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरूले मिति २०८० भाद्र १३ गते, दिनको २ः०० बजेसम्ममा सक्कल प्रमाणसहित यस क्याम्पसको शैक्षिक प्रशासन शाखामा अविलम्ब सम्पर्क राख्नु हुन निर्देशानुसार सूचित गरिन्छ ।

तपसिल

१) वि.वि.एस. २०७६ समूह, २०७७ सालको प्रथम वर्षको नियमित परीक्षामा उत्कृष्ट अंक ल्याउने ।

२) वि.वि.एस. २०७७ समूह, २०७८ सालको प्रथम वर्षको नियमित परीक्षामा उत्कृष्ट अंक ल्याउने ।

३) वि.वि.एस. २०७६ समूह, २०७८ सालको दोश्रो वर्षको नियमित परीक्षामा उत्कृष्ट अंक ल्याउने ।

४) वि.वि.एस. २०७५ समूह, २०७८ सालको तेश्रो वर्षको नियमित परीक्षामा उत्कृष्ट अंक ल्याउने ।

५) वि.वि.एस. २०७४ समूहबाट तह पार गर्ने मध्ये उत्कृष्ट अंक ल्याउने ।

६) एम.वि.एस. २०७५ समूहबाट तह पार गर्ने मध्ये उत्कृष्ट अंक ल्याउने ।

 

 

(युवराज डाँगी)

शाखा अधिकृत