२०८०।०५।२५
यस क्याम्पसको एम.वि.एस. तह दोश्रो सेमेष्टर, २०७७ समुहका विद्यार्थीहरूबाट निःशुल्क छात्रवृत्तिको आवेदन फाराम पुस्तकालय शाखा स्थित फोटोकपीबाट खरीद गरी नियमानुसार भरी निम्न मिति र समय भित्र बुझाउन यो सूचना प्रकाशित गरिएको छ ।
आवेदन फाराम बुझाउने म्याद :– मिति २०८० साल भाद्र ३१ गतेदेखि आश्विन ०८ गतेसम्म ।
आवेदन फाराम बुझाउने समय तथा स्थान :– विहान ७ः३० बजे देखि १०ः०० बजेसम्म , शैक्षिक प्रशासन शाखामा ।
निःशुल्क छात्रवृत्ति फाराममा संलग्न गर्नुपर्ने :
१) हालसालै खिचिएको पासपोर्ट साइजको फोटो २ प्रति ।
२) नेपाली नागरिकताको प्रमाण पत्रको फोटोकपी १ प्रति ।
३) एम.वि.एस. दोश्रो सेमेष्टरको भर्ना रसिदको फोटोकपी १ प्रति ।
४) विद्यार्थी परिचय पत्रको फोटोकपी १ प्रति ।
५) MBS प्रथम सेमेष्टर उत्तीर्ण भएको Grade Sheet को फोटोकपी १ प्रति ।
६) त्रि.वि. आंगिक वा सामुदायिक क्याम्पस/कलेजबाट स्नातक तह उत्तीर्ण गरेको सम्बन्धित क्याम्पस/कलेजको चारित्रिक प्रमाण पत्रको फोटोकपी १ प्रति, सरकारी वा सामुदायिक स्कूलबाट एस.एल.सी. उत्तीर्ण गरेको सम्बन्धित स्कूलको चारित्रिक प्रमाण पत्रको फोटोकपी १ प्रति अनिवार्य पेश गर्नु पर्नेछ ।
७) सरकारी/सामुदायिक स्कूल/क्याम्पस अध्ययन गरेका विद्यार्थीहरुले सम्बन्धित स्थानिय निकाय (गा.पा./न.पा.) बाट सरकारी/सामुदायिक स्कूल/क्याम्पस हो भनी प्रमाणित गरेको सिफारिसपत्र अनिवार्य पेश गर्नु पर्नेछ ।
८) दुर्गम/दलित/आदिवासी/जनजाती/समावेशी विद्यार्थीहरूले सम्बन्धित कार्यालयबाट दुर्गम/दलित/आदिवासी/जनजाती/समावेशी को प्रमाण पत्र अनिवार्य पेश गर्नु पर्नेछ ।
१. जम्मा भर्नाको १५% विद्यार्थीहरुलाई निःशुल्क छात्रवृत्ति प्रदान निम्नानुसार प्राथमिकताको आधारमा गरिनेछ ।
प्राथमिकताः
पहिलो : सरकारी/सामुदायिक स्कूल/आंगिक क्याम्पस, दोश्रो : सरकारी/सामुदायिक स्कूल/सामुदायिक क्याम्पस र अन्य बाँकीको हकमा सोही प्राथमिकताको आधारमा निर्धारण गरिनेछ ।
२. उपरोक्त अनुसारको निःशुल्क छात्रवृत्तिको अन्तरवार्ता समय तालिकाको सूचना पछि प्रकाशित गरिनेछ ।
सहायक क्याम्पस प्रमुख