एम वि.एस. तह दोश्रो सेमेष्टर २०७८ समूहको भर्ना सम्बन्धी सूचना

२०८०।०५।१८

 

यस क्याम्पसको एम.वि.एस. तह २०७८ समूह (प्रातः तथा साँझ) को प्रथम सेमेष्टरको परीक्षामा सम्मिलित भएका विद्यार्थीहरूले यही मिति २०८० भाद्र २९ गतेसम्ममा दोश्रो सेमेष्टरमा भर्ना हुन सम्वन्धित सवैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । साथै उक्त समूहको नियमित कक्षाहरू मिति २०८० भाद्र ३१ गते आइतबारदेखि सञ्चालन हुने पनि यसै सूचनाबाट सूचित गरिन्छ । 

पुनश्च :

१) भर्नाको म्यादभित्र भर्ना नभएका विद्यार्थीहरुलाई कक्षामा प्रवेश नगराइने तथा समयसीमा भित्र भर्ना नभई हाजिरी नपुगेमा क्याम्पस प्रशासन जवाफदेही हुने छैन । 

२) भर्ना तथा अन्य शुल्क सम्बन्धी विवरण यस क्याम्पसको लेखा शाखाबाट प्रकाशित गरिने छ । 

३) जागिर तथा अन्य कारणले उपत्यका बाहिर जानुपरेका विद्यार्थीहरूले आफ्नो नजिकको क्याम्पसमा स्थानान्तरणका लागि प्रथम सेमेष्टर परीक्षा सकिएको मितिले १५ दिनभित्र प्रक्रिया थाल्नसमेत सूचित गरिन्छ । 

 

 

क्याम्पस प्रमुख