एम.वि.एस. तेश्रो सत्रकोे परीक्षा आवेदन फाराम भर्ने सूचना

२०८०।०२।१०

 

त्रि.वि. व्यवस्थापन संकाय, डीनको कार्यालय, परीक्षा नियन्त्रण महाशाखाको मिति २०८०।०२।०९ गतेको सूचना अनुसार सेमेष्टर प्रणालीमा संचालित एम.वि.एस. कार्यक्रममा यस क्याम्पसमा २०७७ साल (सन् २०२१) मा भर्ना भएका परीक्षार्थीहरूको तेश्रो सत्रको नियमित परीक्षार्थी र सन् २०१८ देखि सन् २०२० सम्ममा उल्लेखित कार्यक्रममा भर्ना भई तेश्रो सत्रको नियमित परीक्षामा सामेलभै अनुतिर्ण वा अनुपस्थित भएका आंशिक परीक्षार्थीहरू (नियमित परीक्षाको आंशिक परीक्षार्थी) समेतको तेश्रो सत्रको नियमित परीक्षा मिति २०८० आषाढ दोश्रो सातादेखि संचालन हुने भएकोले आफू सम्मिलित हुन चाहेको विषयहरू स्पष्ट उल्लेख गरी परीक्षा आवेदन फाराम मिति २०८०।०२।२६ गतेभित्र प्रातः समूहका विद्यार्थीहरूले विहान ०७ः३० बजेदेखि १०ः०० बजेभित्र र साँझ समूहका विद्यार्थीहरूले साँझ ४ः०० बजेदेखि ५ः३० बजेभित्र शैक्षिक प्रशासन शाखाबाट रुजु गराई आर्थिक प्रशासन शाखाको फी काउण्टरमा आवश्यक परीक्षा दस्तुर सहित बुझाईसक्नुपर्ने व्यहोरा सम्बन्धित सबैलाई जानकारीको लागि सूचित गरिन्छ ।  

साथै उल्लेखित कार्यक्रममा भर्नाभै पाठ्यक्रमले निर्धारण गरेको समयसिमा सन् २०२१ सम्ममा कार्यक्रम उतिर्ण हुन नसकेका परीक्षार्थीहरूको विशेष मौका परीक्षा पनि नियमित परीक्षा तालिकाभित्रै संचालन हुने भएकोले त्यस्ता परीक्षार्थीहरूले पनि माथि निर्धारित मितिभित्र तेश्रो सत्रको परीक्षा फाराम भर्नुहुन सम्बन्धित सबैलाई सूचित गरिन्छ ।

विलम्ब शुल्क : मिति २०८०।०२।२७ देखि २ दिनसम्म प्रति विद्यार्थी प्रतिसत्र रु.५००।–, दोश्रो २ दिनसम्म प्रति विद्यार्थी प्रतिसत्र रु.१,०००।– र त्यसपछिको २ दिनसम्म अन्तिम पटक प्रति विद्यार्थी प्रतिसत्र रु.२,५००।– विलम्ब शुल्क रहेको छ ।

परीक्षा आवेदन फाराम सम्बन्धमा :

१) परीक्षा आवेदन फाराम स्वयं परीक्षार्थीले भरि सबै प्रकृया पु¥याई आफैंले बुझाउनुपर्नेछ ।

२) नियमित परीक्षार्थीहरूले दोश्रो सत्रको प्रवेश पत्रको फोटोकपी र आंशिक परीक्षार्थीहरूको हकमा तेश्रो सत्रको नियमित परीक्षाको न्चबमभ क्जभभत को प्रतिलिपि अनिवार्यरूपमा परीक्षा फारामसंगै संलग्न गर्नुपर्नेछ । अन्यथा उक्त परीक्षार्थीको परीक्षा फाराम स्विकृत गरिने  छैन ।

३) यस क्याम्पसमा दोश्रो सत्र तथा तेश्रो सत्रमा स्थानान्तरण भई आएका परीक्षार्थीको हकमा डीन कार्यालयले दिएको स्थानान्तरण स्विकृती पत्रको फोटोकपी परीक्षा फाराममा अनिवार्य संलग्न गर्नुपर्नेछ ।

४) परीक्षा फाराममा विषय सच्याईएको पाइएमा सो परीक्षा फाराम रद्द गरिनेछ र सोको जिम्मवारी स्वयम् विद्यार्थी हुनेछ ।

५) परीक्षा फाराममा हालसालै खिचिएको पासपोर्ट साइजको २ प्रति फोटो आवश्यक पर्नेछ । प्रवेश पत्र प्रतिलिपि लिनुपरेमा परीक्षा आवेदन फाराममा प्रयोग भए अनुसारको फोटो नै प्रयोग गर्नुपर्नेछ ।

 

  सहायक क्याम्पस प्रमुख