एम.वि.एस. प्रथम वर्षको आंशिक परीक्षा दिने परीक्षार्थीहरूका लागि परीक्षा आवेदन फाराम भर्ने सूचना

२०८०।०१।२९

 

त्रि.वि.प.नि.का. वल्खुद्वारा प्रकाशित सूचना अनुसार त्रि.वि.को वार्षिक परीक्षा प्रणाली अनुसार २०७८ को २०८० सालमा संचालन हुने एम.वि.एस. प्रथम वर्षको परीक्षा दिने यस क्याम्पसका आंशिक परीक्षार्थीहरूले मिति २०८० साल जेठ २६ गतेसम्ममा नियमित दस्तुर र साधारण म्याद सकिएको एक हप्ताभित्र दोब्बर दस्तुर सहित परीक्षा आवेदन फाराम भरि विहान ७ः३० बजेदेखि १०ः०० बजेसम्ममा शैक्षिक प्रशासन शाखाबाट रुजु गराई आर्थिक प्रशासन शाखाको फि–काउण्टरमा बुझाउन हुन सम्वन्धित सवैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

परीक्षा आवेदन फाराम सम्बन्धमा :

१. परीक्षा आवेदन फाराम स्वयं परीक्षार्थीले भरी सबै प्रकृया पु¥याई आफैंले बुझाउनु पर्नेछ । यसमा अन्यथा हुन गएमा क्याम्पस जवाफदेही हुने छैन ।

२. परीक्षा फाराममा त्रि.वि. रजिष्ट्रेशन नं. अनिवार्यरुपमा उल्लेख गर्नु पर्नेछ । 

३. परीक्षा फाराममा हालसालै खिचेको (साधारण पोसाकमा) पासपोर्ट साइजको फोटो २ प्रति टास्नु पर्नेछ । परीक्षा संचालन अवधिसम्म प्रवेश पत्र प्रतिलिपी लिनु परेमा परीक्षा आवेदन फाराममा प्रयोग भए अनुसारको फोटो नै पेश गर्नुपर्नेछ । 

४. आंशिक परीक्षार्थीहरूले परीक्षा आवेदन फाराम माथि अघिल्लो पटकको परीक्षाको रोल नं. अनिवार्य उल्लेख गर्नुपर्नेछ र रूजुको लागि सक्कल लब्धांक पत्र अनिवार्य ल्याउनु पर्नेछ । 

५. एम.वि.एस. तह २०७२ सालमा भर्ना भई २०७३ मा प्रथम पटक प्रथम वर्षको परीक्षा दिएकाहरूका लागि यो अन्तिम पटकको परीक्षा हुनेछ ।

 

         सहायक क्याम्पस प्रमुख