एम.वि.एस. कार्यक्रम प्रथम सेमेष्टर २०७८।०७९ को भर्ना म्याद थप गरिएको सूचना

२०७९।११।०८

 

त्रि.वि. व्यवस्थापन संकाय, डीनको कार्यालयद्वारा मिति २०७९।१०।२१ गते लिइएको एम.वि.एस. कार्यक्रम सेमेष्टर प्रणाली अन्तर्गतको Admission Test (MBS-AT 2022) मा उत्तीर्ण भई यस क्याम्पसमा शैक्षिक वर्ष २०७८।०७९ को लागि एम.वि.एस. तह प्रथम सेमेष्टरमा भर्ना हुन चाहने विद्यार्थीहरूको लागि पूर्व प्रकाशित सूचनामा उल्लेख भए अनुसार प्रातः समूहमा केही सिट बाँकी भएको हुँदा प्रातः समूहमा र साँझ समूहमा भर्ना हुन इच्छुक विद्यार्थीहरूको लागि पूर्ववत समय अनुसार मिति २०७९।११।१५ गतेसम्म  भर्ना म्याद थप गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि सूचित गरिन्छ ।

 

 

         सहायक क्याम्पस प्रमुख