एम.वि.एस. कार्यक्रम सेमेष्टर प्रणाली अन्तर्गत २०७८।०७९ को प्रथम सेमेष्टरमा भर्ना हुने वारे सूचना

२०७९।१०।२५

 

त्रि.वि. व्यवस्थापन संकाय, डीनको कार्यालयद्वारा मिति २०७९।१०।२१ गते लिइएको एम.वि.एस. कार्यक्रम सेमेष्टर प्रणाली अन्तर्गतको Admission Test (MBS-AT 2022) मा उत्तीर्ण भई यस क्याम्पसमा शैक्षिक वर्ष २०७८।०७९ को लागि एम.वि.एस. तह प्रथम सेमेष्टरमा भर्ना हुन चाहने इच्छुक विद्यार्थीहरूले आवेदन फाराम शुल्क रु.३००।– र प्रथम सेमेष्टरको एकमुष्ट शुल्क रु. १७,५७०।– (डीनको कार्यालयबाट लिइने परीक्षाको परीक्षा शुल्क बाहेक) यस Shanker Dev Campus को Global IME Bank Ltd., Sundhara Branch, खाता नं. A401010000193 मा विद्यार्थीले आवेदन फाराम शुल्क र भर्ना शुल्क छुट्टाछुट्टै बैंक भौचरमा अनिवार्य नाम र फोन नं. उल्लेख गरी जम्मा गर्नुपर्ने छ । भर्ना आवेदन फाराम फी–काउण्टरबाट प्राप्त गरी प्रातः समूहको लागि मिति २०७९ माघ २९ गतेदेखि फाल्गुन ०३ गतेभित्र तथा साँझ समूहको लागि मिति २०७९ माघ २९ गतेदेखि फाल्गुन ०८ गतेभित्र शैक्षिक प्रशासन शाखाबाट रुजु गराई फी–काउण्टरमा बुझाएर भर्ना हुन यो सूचना प्रकाशित गरिएको छ ।

  •  पुनश्चः १) कक्षाहरू प्रातः र साँझ समूहमा सञ्चालन हुने छन् । प्रातः सत्रमा १२०० जना विद्यार्थीमात्र First Come First को आधारमा भर्ना गरिने छ । सो भन्दा बढी विद्यार्थी भर्ना हुन आवेदन आएमा त्यस्ता विद्यार्थीलाई                 साँझ समूहमा भर्ना गरिने छ ।

                    २) यस क्याम्पसमा भर्ना हुन चाहने विद्यार्थी भर्नाका लागि स्वयं उपस्थित हुनुपर्ने छ ।

 

भर्ना आवेदन फाराम रुजु गराउँदा पेश गर्नुपर्ने कागजातहरू :

१) त्रि.वि.तथा त्रि.वि.बाट मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातक तह वा सो सरह उत्तीर्ण गरेको ट्रान्सक्रिप्ट र चारित्रिक प्रमाणपत्रको फोटोकपी १/१ प्रति । ट्रान्सक्रिप्ट नबनिसकेका विद्यार्थीहरूको हकमा स्नातक तह पास गरेको सम्पूर्ण वर्ष / सेमेष्टरको फोटोकपी १ / १ प्रति आवेदन फारामसाथै अनिवार्य पेश गर्नु पर्नेछ । रुजुको लागि सक्कल प्रमाण पत्र / मार्कसिटहरू अनिवार्य ल्याउनु पर्नेछ ।

२) विदेशी विश्वविद्यालयबाट स्नातक तह वा सो सरह उत्तीर्ण गरेका आवेदकहरुले सोको समकक्षताको फोटोकपी बुझाउनु पर्नेछ । साथै एस.एल.सी. देखिका सम्पूर्ण शैक्षिक प्रमाणपत्रहरु समेत रुजु गराउनु पर्नेछ ।

३) बुँदा नं (१) र (२) बमोजिमका कागजात पेश नगरी भर्ना गरेको पाइएमा त्यस्ता विद्यार्थीहरूको भर्ना स्वतः रद्ध हुनेछ ।

४) MBS Admission Test (MBS-AT 2022) Score Sheet विद्यार्थी आफैले www.tudoms.org बाट download गरी १ प्रति बुझाउनु पर्नेछ ।

५) हालसालै खिचिएको पासपोर्ट साइजको फोटो ४ प्रति । 

 

फाराम लिने, रुजु गराउने तथा भर्ना हुने समय : विहान ७ः३० बजेदेखि १०ः०० बजेसम्म । 

                                                                     साँझ ४ः३० बजेदेखि ६ः०० बजेसम्म ।

Global IME Bank Ltd. क्याम्पस एक्सटेन्सन काउण्टर खुल्ने समय : विहान ७ः३० बजेदेखि ।

कक्षा संचालन सुरु : कक्षा संचालन सुरु मिति पछि प्रकाशित गरिने छ ।

         

 क्याम्पस प्रमुख