एम.वि.एस. कार्यक्रम (सेमेष्टर प्रणाली) को प्रवेश परीक्षा – २०७९ सम्बन्धी सूचना

२०७९।०९।११

 

त्रि.वि., व्यवस्थापन संकाय, डीनको कार्यालय, कीर्तिपुरद्वारा मिति २०७९।०९।०९ गतेको गोरखापत्रमा प्रकाशित सूचना अनुसार सेमेष्टर प्रणालीमा आधारित Master of Business Studies (MBS) कार्यक्रम शैक्षिक वर्ष २०७८/०७९ को लागि यस क्याम्पसमा विद्यार्थी भर्ना कार्यक्रम देहाय अनुसार सञ्चालन हुने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

आवेदन फाराम बुझाउने मिति : २०७९ पुस ११ गतेदेखि २०७९ माघ ०९ गतेसम्म  

दोब्बर शुल्क सहित फाराम बुझाउने मिति : २०७९ माघ १० गतेदेखि २०७९ माघ १५ गतेसम्म

आवेदन फाराम शुल्क : रु. १,५००।– (एक हजार पाँच सय)

शुल्क बुझाउने सम्बन्धमा : आवेदन फाराम शुल्क यस Shanker Dev Campus को Global IME Bank Ltd., Sundhara Branch,  खाता नं. A401010000193 मा आवेदकले बैंक भौचरमा अनिवार्य नाम र फोन नं. उल्लेख गरी जम्मा गर्नुपर्ने छ ।

प्रवेश परीक्षा : २०७९ माघ २१ गते, शनिवार  

परीक्षा समय :  विहान ८ः०० बजे

  •  स्नातक तहको अन्तिम परीक्षामा सामेल भई नतिजा प्रकाशन हुन बाँकी परीक्षार्थीहरूले पनि प्रवेश परीक्षामा सम्मिलित हुन आवेदन फाराम भर्न सक्नेछन् । प्रवेश परीक्षामा उत्तीर्ण भई भर्ना हुँदा उत्तीर्ण भएको लब्धांक पत्र अनिवार्य पेश गर्नुपर्ने छ ।
  •  आवेदन फाराम त्रि.वि. व्यवस्थापन संकायको website: www.tudoms.org  अनलाइन मार्फत भर्नुपर्ने छ । सो सम्बन्धी link www.fomecd.edu.np बाट समेत उपलब्ध हुनेछ ।
  •  आवेदन फाराम वापत दस्तुर बुझाएको बैंक भौचर scan गरि "Voucher" मा अनिवार्य Upload गर्नुपर्ने छ । अन्यथा उक्त फाराम स्विकृत गरिने छैन ।
  •  आवेदन फाराम साथमा स्नातक तहको ट्रान्सक्रिप्ट र चारित्रिक प्रमाण पत्र अथवा सम्पूर्ण वर्ष / सेमेष्टर उत्तीर्ण गरेको मार्कसिट, scan  गरि "Other Attachments"  मा upload गर्नुपर्ने छ ।
  •  परीक्षा केन्द्र सम्बन्धी सूचना त्रि.वि. व्यवस्थापन संकायको website www.fomecd.edu.np र  www.tudoms.org मा पछि प्रकाशित गरिने छ ।

 

क्याम्पस प्रमुख