एम.वि.एस. दोश्रो सेमेष्टरको प्रि–बोर्ड परीक्षा सम्बन्धी सूचना

२०७९।०५।१९

 

यस क्याम्पसको एम.वि.एस. तह २०७७ समूह, दोश्रो सेमेष्टर (प्रातः तथा साँझ) मा अध्ययनरत नियमित विद्यार्थीहरूको प्रि–बोर्ड परीक्षा मिति २०७९ साल भाद्र २८ गते मंगलबारदेखि निम्न तालिका अनुसार संचालन हुने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि सूचित गरिन्छ । 

Exam Time:

Morning Shift Students: 7:15 A.M. to 9:15 A.M.

Evening Shift Students: 4:30 P.M. to 6.30 P.M.

Date

Subject

2079-05-28

MSC 517 : Production and Operations Mgmt.

2079-05-29

MGT 513 : Human Resource Mgmt.

2079-05-30

FIN 510 : Financial Management

2079-05-31

MGT 518 : Business Environment

2079-06-02

ACC 517 : Management Accountancy

पुनश्च :

१) सबै विषयको प्रि–बोर्ड परीक्षामा सम्मिलित नभएका तथा अनुत्तिर्ण भएका विद्यार्थीहरूको सम्बन्धित विषयमा NQ (Not Qualified) हुने हुनाले अन्तिम परीक्षा (Semester-End परीक्षा) मा सामेल हुन नपाउने व्यहोरा समेत सम्बन्धित सबै विद्यार्थीहरूको जानकारीको लागि सूचित गरिन्छ । 

२) उपरोक्त परीक्षा कार्यक्रम अनुसार परीक्षामा उपस्थित हुन नसकेका र अनुतिर्ण भएका विद्यार्थीहरूको लागि १ (एक) पटक मात्र पुनः परीक्षाको व्यवस्था गरिनेछ । साथै उक्त पुनः परीक्षामा सहभागी हुन  पुनः परीक्षा शुल्क वापत रु. ५००।– (पाँच सय रुपैया मात्र) अनिवार्य रुपमा बुझाउनु पर्ने छ ।   

३) प्रि–बोर्ड परीक्षामा सामेल हुन विद्यार्थीहरूले क्याम्पस विद्यार्थी परिचय पत्र अनिवार्य रूपमा ल्याउनु पर्नेछ । अन्यथा परीक्षामा सामेल नगराइने व्यहोरा जानकारी गराइन्छ ।

 

सहायक क्याम्पस प्रमुख