मौका परीक्षाको परीक्षा फाराम भर्ने सूचना

२०७९।०१।२६

 

त्रि.वि. व्यवस्थापन संकाय, डीनको कार्यालय, परीक्षा नियन्त्रण महाशाखाको मिति २०७९।०१।२३ गतेको सूचना अनुसार सेमेष्टर प्रणालीको एम.वि.एस. कार्यक्रमको चौंथो सेमेष्टरको  मौका परीक्षा (Chance Examination) २०७९ आषाढ महिनाको पहिलो सातादेखि संचालन हुने भएकोले उक्त कार्यक्रममा सन् २०१९ मा भर्ना भई चौंथो सत्रको नियमित परीक्षामा अधिकतम दुई विषयसम्म मात्र अनुतीर्ण / अनुपस्थित भएका परीक्षार्थीहरूले आफू सम्मिलित हुन चाहेको विषयहरू स्पष्ट उल्लेख गरि परीक्षा आवेदन फाराम मिति २०७९।०२।२० गतेभित्र प्रातः तथा साँझ समूहका यस क्याम्पसका प्रातः समूहका परीक्षार्थीहरुले विहान ०७ः३० बजेदेखि १०ः०० बजेभित्र र साँझ समूहका परीक्षार्थीहरूले साँझ ४ः०० बजेदेखि ५ः३० बजेभित्र शैक्षिक प्रशासन शाखाबाट रुजु गराई आवश्यक परीक्षा शुल्कसहित आर्थिक प्रशासन शाखाको फी काउण्टरमा बुझाई सक्नुपर्ने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि सूचित गरिन्छ । साथै चौंथो सेमेष्टरको नियमित परीक्षाको Result Ledger / लब्धांक पत्रको प्रतिलिपी अनिवार्य रुपमा परीक्षा फारामसंगै संलग्न गर्नुपर्ने छ । अन्यथा उक्त परीक्षार्थीको परीक्षा फाराम स्विकृत नहुने व्यहोरा पनि सम्बन्धित सबैलाई सूचित गरिन्छ ।

 

विलम्ब शुल्क : फाराम भर्ने म्याद सकिएको मिति २०७९।०२।२० भोलिपल्ट देखि २ दिनसम्म प्रति विद्यार्थी प्रति सत्र रु.२००।–, दोश्रो २ दिनसम्म प्रति विद्यार्थी प्रति सत्र रु.४००।– र त्यसपछिको २ दिनसम्म अन्तिम पटक प्रति विद्यार्थी प्रति सत्र रु.१,०००।– रहेको व्यहोरा पनि यसै सूचनाद्वारा सूचित गराइन्छ ।

 

 

        क्याम्पस प्रमुख