एम.वि.एस. तेश्रो सत्रकोे परीक्षा आवेदन फाराम भर्ने सूचना

२०७९।०१।१२

 

 

त्रि.वि. व्यवस्थापन संकाय, डीनको कार्यालय, परीक्षा नियन्त्रण महाशाखाको मिति २०७९।०१।०९ गतेको सूचना अनुसार सेमेष्टर प्रणालीमा संचालित एम.वि.एस. कार्यक्रममा यस क्याम्पसमा २०७६ साल (सन् २०२०) मा भर्ना भएका परीक्षार्थीहरूको तेश्रो सत्रको नियमित र सन् २०२० अघि भर्ना भई तेश्रो सत्रको नियमित परीक्षामा सामेल भै अनुतिर्ण वा अनुपस्थित भएका आंशिक परीक्षार्थीहरू (नियमित परीक्षाको आंशिक परीक्षार्थी) समेतको तेश्रो सत्रको नियमित परीक्षा मिति २०७९ जेठ महिनाको तेश्रो सातादेखि संचालन हुने भएकोले आफू सम्मिलित हुन चाहेको विषयहरू स्पष्ट उल्लेख गरी परीक्षा आवेदन फाराम भरि मिति २०७९।०२।०५ गतेभित्र प्रातः समूहका विद्यार्थीहरूले विहान ०७ः३० बजेदेखि १०ः०० बजेभित्र र साँझ समूहका विद्यार्थीहरूले साँझ ४ः०० बजेदेखि ६ः०० बजेभित्र शैक्षिक प्रशासन शाखाबाट रुजु गराई आर्थिक प्रशासन शाखाको फी काउण्टरमा आवश्यक परीक्षा दस्तुर सहित बुझाईसक्नुपर्ने व्यहोरा सम्बन्धित सबैलाई जानकारीको लागि सूचित गरिन्छ ।  

 

परीक्षा फाराम बुझाउँदा ध्यान दिनुपर्ने कुराहरु :

 

१) परीक्षा आवेदन फाराम स्वयं परीक्षार्थीले भरी सबै प्रकृया पुरयाई आफैंले बुझाउनुपर्नेछ ।

२) नियमित परीक्षार्थीहरूले दोश्रो सत्रको प्रवेश पत्रको फोटोकपी र आंशिक परीक्षार्थीहरुले तेश्रो सत्रको नियमित परीक्षाको Gradesheet को फोटोकपी अनिवार्य रुपमा परीक्षा फारामसंगै संलग्न गर्नुपर्नेछ । अन्यथा उक्त परीक्षार्थीको परीक्षा फाराम स्विकृत गरीने छैन ।

३) परीक्षा फाराममा विषय सच्याईएको पाइएमा सो परीक्षा फाराम रद्द गरिनेछ र सोको जिम्मेवारी स्वयम् विद्यार्थी हुनेछ ।

४) परीक्षा फाराममा हालसालै खिचिएको पासपोर्ट साइजको २ प्रति फोटो टाँस गर्नु पर्नेछ । प्रवेश पत्र प्रतिलिपि लिनुपरेमा परीक्षा आवेदन फाराममा प्रयोग भए अनुसारको फोटो नै प्रयोग गर्नुपर्नेछ ।

 

पुनश्च : उल्लेखित म्यादसम्ममा परीक्षा फाराम बुझाउन नसकेका परीक्षार्थीहरूले फाराम भर्ने म्याद सकिएको (२०७९।०२।०५) भोलिपल्टदेखि २ दिनसम्म रु.२००।–, दोश्रो २ दिनसम्म रु.४००।– र त्यसपछिको २ दिनसम्म अन्तिम पटक रु.१,०००।– विलम्ब शुल्कसहित परीक्षा फाराम बुझाउन सकिने व्यहोरा पनि यसै सूचनाद्वारा सूचित गराइन्छ ।

 

 

              क्याम्पस प्रमुख