एम.वि.एस. तेश्रो सेमेष्टर, २०७५ समूहको निःशुल्क छात्रवृत्तिको अन्तरवार्ता सम्वन्धी सूचना

२०७८।१२।१४

 

यस क्याम्पसको एम.वि.एस. तेश्रो सेमेष्टर, २०७५ समूहको निःशुल्क छात्रवृत्तिको लागि आवेदन दिने आवेदकहरुको अन्तरवार्ता निम्न मिति र समयमा हुने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । 

 

अन्तरवार्ता हुने दिनहरु :

मिति २०७८ चैत्र २० गते  : आवेदन दर्ता नं.  १ देखि ८० सम्म

मिति २०७८ चैत्र २१ गते : आवेदन दर्ता नं. ८१ देखि माथि सबै

 

अन्तरवार्ता हुने समय र स्थान : विहान ८ः०० बजेदेखि १०ः०० बजेसम्म,  क्याम्पस प्रमुखको कार्यालय

 

अन्तरवार्तामा आउँदा ल्याउनु पर्ने कागजातहरु :

१) नेपाली नागरिकताको प्रमाण पत्र ।

२) निःशुल्क छात्रवृत्ति आवेदनको अर्धकट्टी ।

३) सम्वन्धित तह/सेमेष्टरको क्याम्पस भर्ना रसिद ।

४) सम्वन्धित तह/सेमेष्टरको विद्यार्थी परिचय पत्र ।

५) एम.वि.एस. दोश्रो सेमेष्टर उतीर्ण भएको न्चबमभ क्जभभत को सक्कल प्रति ।

६) त्रि.वि. आंगिक वा सामुदायिक क्याम्पस/कलेजबाट स्नातक तह उत्तीर्ण गरेको सम्बन्धित क्याम्पस/कलेजको चारित्रिक प्रमाण पत्रको र सरकारी वा सामुदायिक स्कूलबाट एस.एल.सी. उत्तीर्ण गरेको सम्बन्धित स्कूलको चारित्रिक प्रमाण पत्रको सक्कल प्रति ।

७) दुर्गम/दलित/आदिवासी/जनजाती/समावेशी विद्यार्थीहरूले सम्बन्धित कार्यालयबाट दुर्गम/दलित/आदिवासी/जनजाती/समावेशी को प्रमाण पत्र अनिवार्य पेश गर्नु पर्नेछ ।

 

पुनश्च : माथिका कागजातहरु नल्याउने आवेदकहरुलाई अन्तरवार्तामा समावेश नगराइने व्यहोरा जानकारी गराइन्छ ।

 

सहायक क्याम्पस प्रमुख