प्रि–बोर्ड पुनः परीक्षा सम्बन्धी सूचना

२०७८।१२।१३

 

यस क्याम्पसको एम.वि.एस. तह २०७७ समूह, प्रथम सेमेष्टर (प्रातः तथा साँझ) मा अध्ययनरत विद्यार्थीहरूको मिति २०७८।१२।०७ देखि २०७८।१२।११ सम्म संचालित प्रि–बोर्ड परीक्षामा अनुतिर्ण विद्यार्थीहरू तथा कुनै विषयको प्रि–बोर्ड परीक्षामा विशेष कारणबस अनुपस्थित भएका विद्यार्थीहरूलाई अन्तिम पटकका लागि प्रि बोर्ड पुनः परीक्षा वापत रु.५००।– तिरेको रसिद सहित मिति २०७८ साल चैत्र १८ र १९ गते निम्न तालिका अनुसार संचालन हुने उक्त परीक्षामा सम्मिलित हुन सम्बन्धित सबै विद्यार्थीहरूलाई सूचित गरिन्छ । उक्त प्रि–बोर्ड परीक्षामा अनुतिर्ण तथा अनुपस्थित विद्यार्थीहरूको नामावली पछि प्रकाशित गरिने छ ।

Pre-Board Re-Examination Schedule

Date

Subject

Time

2078-12-18

MSC 514: Statistical Methods

7.30 a.m. – 8.30 a.m.

MGT 515: Organizational Behavior

8.30 a.m. – 9.30 a.m.

MGT 519: Managerial Communication

9.30 a.m. – 10.30 a.m.

2078-12-19

ECO 512: Managerial Economics

7.30 a.m. – 8.30 a.m.

MKT 511: Marketing Management

8.30 a.m. – 9.30 a.m.

 

  • पुनश्च : 

१) प्रातः तथा साँझ समूहका अनुतिर्ण / अनुपस्थित भएका नियमित विद्यार्थीहरू र गत वर्ष NQ लागि अन्तिम परीक्षा (Semester-End परीक्षा) मा सामेल हुन नसकेका बाँकी विद्यार्थीहरूलाई माथि उल्लेखित मिति, विषय र समय अनुसार परीक्षा हुने छ । 

२) कुनै विषयको प्रि–बोर्ड परीक्षामा सम्मिलित नभएका र अनुतिर्ण विद्यार्थीहरूको सम्बन्धित विषयमा NQ (Not Qualified) लागि अन्तिम परीक्षा (Semester End परीक्षा) मा सामेल हुन पाउने छैन । साथै सबै विषयमा NQ (Not Qualified) भएमा सम्बन्धित विद्यार्थीको भर्ना स्वतः रद्द हुनेछ ।

 

सहायक क्याम्पस प्रमुख