एम.वि.एस. प्रथम सेमेष्टरको प्रि–बोर्ड परीक्षा सम्बन्धी सूचना

२०७८।१२।०१

 

यस क्याम्पसको एम.वि.एस. तह २०७७ समूह, प्रथम सेमेष्टर (प्रातः तथा साँझ) मा अध्ययनरत विद्यार्थीहरूको प्रि–बोर्ड परीक्षा मिति २०७८ साल चैत्र ७ गते सोमबारदेखि निम्न तालिका अनुसार संचालन हुने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि सूचित गरिन्छ । 

Exam Time:

Morning Shift Students: 7:30 A.M. to 9:30 A.M.

Evening Shift Students: 4:30 P.M. to 6:30 P.M.

Date

Subject

2078-12-07

MSC 514: Statistical Methods

2078-12-08

MGT 515: Organizational Behavior

2078-12-09

MGT 519: Managerial Communication

2078-12-10

ECO 512: Managerial Economics

2078-12-11

MKT 511: Marketing Management

 

  •  पुनश्च :

१) सबै विषयको प्रि–बोर्ड परीक्षामा सम्मिलित नभएका तथा अनुत्तिर्ण भएका विद्यार्थीहरूको सम्बन्धित विषयमा NQ (Not Qualified) हुने हुनाले अन्तिम परीक्षा (Semester-End  परीक्षा) मा सामेल हुन नपाउने व्यहोरा समेत सम्बन्धित सबै विद्यार्थीहरूको जानकारीको लागि सूचित गरिन्छ । साथै सबै विषयमा NQ (Not Qualified) भएमा सम्बन्धित विद्यार्थीको भर्ना स्वतः रद्द हुनेछ ।

२) उपरोक्त परीक्षा कार्यक्रम अनुसार परीक्षामा उपस्थित हुन नसकेका र अनुतिर्ण भएका विद्यार्थीहरूको लागि १ (एक) पटक मात्र पुनः परीक्षाको व्यवस्था गरिनेछ । साथै उक्त पुनः परीक्षामा सहभागी हुन  पुनः परीक्षा शुल्क वापत रु. ५००।– (पाँच सय रुपैया मात्र) अनिवार्य रुपमा बुझाउनु पर्ने छ ।   

३) प्रि–बोर्ड परीक्षामा सामेल हुन परीक्षार्थीहरूले प्रथम सेमेष्टरको विद्यार्थी परिचय पत्र अनिवार्य रूपमा ल्याउनु पर्नेछ । 

४) प्रातः तथा साँझ समूहका विद्यार्थीहरूको प्रि बोर्ड परीक्षा माथि उल्लेखित समय तालिका अनुसार नै हुने छ । अन्यथा एक समूहका विद्यार्थीले अर्को समूहमा परीक्षा दिएको खण्डमा सो परीक्षा स्वतः रद्द हुने छ ।

 

क्याम्पस प्रमुख