एम.वि.एस. प्रथम सेमेष्टरकोे परीक्षा आवेदन फाराम भर्ने सूचना

२०७८।११।०२

 

त्रि.वि. व्यवस्थापन संकाय, डीनको कार्यालय, परीक्षा नियन्त्रण महाशाखाको मिति २०७८।११।०१ गतेको सूचना अनुसार सेमेष्टर प्रणालीको एम.वि.एस. कार्यक्रममा २०७७ साल (सन् २०२१) मा भर्ना भएका परीक्षार्थीहरूको प्रथमसत्रको नियमित र सन् २०२१ अघि भर्ना भई प्रथम सत्रको नियमित परीक्षामा सामेल भई अनुतिर्ण वा अनुपस्थित भएका आंशिक परीक्षार्थीहरु (नियमित परीक्षाको आंशिक परीक्षार्थी) समेतको प्रथम सत्रको नियमित परीक्षा मिति २०७८ चैत्र महिनाको दोश्रो सातादेखि संचालन हुने भएकोले यस क्याम्पसका एम.वि.एस. प्रथम सेमेष्टर (प्रातः तथा साँझ समूह) का त्यस्ता नियमित तथा आंशिक परीक्षार्थीहरूले आफू सम्मिलित हुन चाहेको विषयहरू स्पष्ट उल्लेखगरी परीक्षा आवेदन फाराम भरी मिति २०७८।११।२० गतेभित्र प्रातः समूहका परीक्षार्थीहरूले विहान ०७ः३० बजेदेखि १०ः०० बजेसम्म र साँझ समूहका परीक्षार्थीहरूले साँझ ४ः०० बजेदेखि ६ः०० बजेसम्म शैक्षिक प्रशासन शाखाबाट रुजु गराई आर्थिक प्रशासन शाखाको फी काउण्टरमा आवश्यक परीक्षा शुल्क सहित बुझाउन सम्वन्धित सवैको जानकारीको लागि सूचित गरिन्छ ।

 

परीक्षा फाराम बुझाउँदा ध्यान दिनुपर्ने कुराहरु :

१) परीक्षा आवेदन फाराम स्वयं परीक्षार्थीले भरी सबै प्रकृया पु¥याई आफैंले बुझाउनुपर्नेछ । 

२) परीक्षा आवेदन फाराम भर्नु भन्दा अगाडि त्रि.वि.मा नाम रजिष्ट्रेशन गराई सो रजिष्ट्रेशन नं. समेत परीक्षा आवेदन फारममा अनिवार्य रुपले उल्लेख गर्नुपर्नेछ । त्रि.वि.दर्ता गर्न वाँकी भएका विद्यार्थीहरूले त्रि.वि.दर्ताको लागि नियमानुसार छुट्टै फाराम भर्नुपर्नेछ ।

३) नियमित परीक्षार्थीहरूले MBS AT-2021 को Score Sheet र स्नातक तहको ट्रान्सक्रिप्टको फोटोकपी तथा आंशिक परीक्षार्थीहरुले प्रथमसत्रको नियमित परीक्षाको Grade Sheet को फोटोकपी अनिवार्य रुपमा फारामसंगै संलग्न गर्नुपर्नेछ अन्यथा उक्त परीक्षार्थीको परीक्षा फाराम स्विकृत गरीने छैन ।

४) परीक्षा फाराममा हालसालै खिचिएको पासपोर्ट साइजको २ प्रति फोटो टाँस गर्नु पर्नेछ । प्रवेश पत्र प्रतिलिपि लिनुपरेमा परीक्षा आवेदन फाराममा प्रयोग भए अनुसारको फोटो नै प्रयोग गर्नुपर्नेछ ।

 

  •  पुनश्च : उल्लेखित म्यादसम्ममा परीक्षा फाराम बुझाउन नसकेका परीक्षार्थीहरूले मिति २०७८।११।२४ गतेदेखि २ दिनसम्म प्रति विद्यार्थी प्रतिसत्र रु.२००।–, दोश्रो २ दिनसम्म प्रति विद्यार्थी प्रतिसत्र रु.४००।– र त्यसपछिको २ दिनसम्म अन्तिम पटक प्रति विद्यार्थी प्रतिसत्र रु.१,०००।– विलम्ब शुल्क सहित परीक्षा फाराम बुझाउन सकिने व्यहोरा पनि यसै सूचनाद्वारा सूचित गराइन्छ ।

 

क्याम्पस प्रमुख