एम.वि.एस. प्रथम वर्षको परीक्षा दिने आंशिक परीक्षार्थीहरूको परीक्षा आवेदन फाराम भर्ने सूचना

२०७८।१०।२६

 

त्रि.वि.प.नि.का. वल्खुद्वारा मिति २०७८।१०।२५ गते प्रकाशित सूचना अनुसार त्रि.वि.को वार्षिक परीक्षा प्रणाली अनुसार २०७८ सालमा संचालन हुने २०७७ सालको एम.वि.एस. प्रथम वर्षको आंशिक परीक्षा दिने यस क्याम्पसका परीक्षार्थीहरूले मिति २०७८ साल फागुन २४ गतेसम्म नियमित शुल्कमा र दोब्बर दस्तुर साधारण म्याद सकिएको एक हप्ताभित्र परीक्षा आवेदन फाराम भरी विहान ७ः०० बजेदेखि १०ः०० बजेसम्ममा शैक्षिक प्रशासन शाखाबाट रुजु गराई आर्थिक प्रशासन शाखाको फि–काउण्टरमा आवश्यक परीक्षा शुल्कसहित बुझाउन सम्वन्धित सवैको जानकारीको लागि सूचित गरिन्छ ।

 

परीक्षा फाराम भर्दा ध्यान दिनु पर्ने कुराहरू :

१) परीक्षा आवेदन फाराम स्वयं परीक्षार्थीले भरी सबै प्रकृया पु¥याई आफैंले बुझाउनु पर्नेछ । यसमा अन्यथा हुन गएमा क्याम्पस जवाफदेही हुने छैन ।

२) परीक्षा फाराममा त्रि.वि.रजिष्ट्रेशन नं. अनिवार्यरुपमा उल्लेख गर्नु पर्नेछ । परीक्षा फाराममा त्रि.वि.दर्ता फाराममा भरे अनुसार जन्म मिति, बाबुको नाम,थर फरक नपारी उल्लेख गर्नुपर्नेछ । 

३) परीक्षा फाराममा हालसालै खिचेको (साधारण पोसाकमा) पासपोर्ट साइजको फोटो २ प्रति टास्नु पर्नेछ । परीक्षा संचालन अवधिसम्म प्रवेश पत्र प्रतिलिपी लिनु परेमा परीक्षा आवेदन फाराममा प्रयोग भए अनुसारको फोटो नै पेश गर्नुपर्नेछ । 

४) आंशिक परीक्षार्थीहरूले गत वर्ष दिएको सक्कल लब्धांक पत्र रुजु गर्न परीक्षा आवेदनसाथै पेस गर्नु पर्नेछ साथै गत वर्ष दिएको परीक्षाको रोल नं. परीक्षा आवेदन फारामको माथिल्लो भागमा अनिवार्य लेख्नु पर्नेछ ।

५) २०७१ सालमा भर्ना भई २०७२ सालमा प्रथम वर्षको परीक्षामा सम्मिलित हुनेहरूका लागि यो अन्तिम पटक हुनेछ ।

 

सहायक क्याम्पस प्रमुख