प्रमाण पत्र बुझाउने सम्बन्धी सूचना

२०७८।१०।२४

 

यस क्याम्पसको एम.वि.एस. तह प्रथम सेमेष्टर २०७७ समूह (प्रातः तथा साँझ) मा अध्ययनरत विद्यार्थीहरूमध्ये केही विद्यार्थीहरूले भर्ना हुँदा चाहिने स्नातक तहको ट्रान्सक्रिप्ट र चारित्रिक प्रमाण पत्रको प्रतिलिपी २० दिन भित्र बुझाउने कबुलियता गरिएकोमा मिति २०७८ मंसिर १७ गतेभित्र बुझाउन पहिलो सूचना प्रकाशित गरिएको र हालसम्म पनि उक्त प्रमाण पत्रहरू नबुझाएको हुँदा त्यस्ता विद्यार्थीहरूले मिति २०७८ फागुन ०६ गतेभित्र शैक्षिक प्रशासन शाखामा अनिवार्य बुझाईसक्नुपर्ने व्यहोरा सम्बन्धित सबैको लागि सूचित गराइन्छ । साथै उक्त मितिभित्र सो प्रमाण पत्रहरू बुझाउन नसकेमा सम्बन्धित विद्यार्थीको भर्ना रद्द हुने व्यहोरा पनि यसै सूचनाद्वारा सूचित गराइन्छ ।

 

सहायक क्याम्पस प्रमुख