एम.वि.एस. प्रथम सेमेष्टर, २०७६ समूहको निःशुल्क छात्रवृत्तिको अन्तरवार्ता सम्वन्धी सूचना

२०७८।०९।०७

 

यस क्याम्पसको एम.वि.एस. प्रथम सेमेष्टर, २०७६ समूहको निःशुल्क छात्रवृत्तिको लागि आवेदन दिने आवेदकहरुको अन्तरवार्ता निम्न मिति, समय र स्थानमा हुने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । तोकिएको दिन र समयमा अन्तरवार्तामा सम्मिलित नहुने विद्यार्थीहरुलाई अर्को दिन अन्तरवार्तामा समावेश नगराइने व्यहोरा समेत जानकारी गराइन्छ ।

 

अन्तरवार्ता हुने दिनहरु :

मिति २०७८ पुस ११ गते : आवेदन दर्ता नं.   १ देखि १०० सम्म

मिति २०७८ पुस १२ गते : आवेदन दर्ता नं. १०१ देखि २०० सम्म

मिति २०७८ पुस १३ गते : आवेदन दर्ता नं. २०१ देखि ३०० सम्म

मिति २०७८ पुस १४ गते : आवेदन दर्ता नं. ३०१ देखि माथि सबै ।

 

अन्तरवार्ता हुने समय र स्थान :  विहान ८ः०० बजेदेखि १०ः०० बजेसम्म,        क्याम्पस प्रमुखको कार्यालय

 

अन्तरवार्तामा आउँदा ल्याउनु पर्ने कागजातहरु :

१) सम्वन्धित तहको क्याम्पस भर्ना रसिद ।

२) नेपाली नागरिकताको प्रमाण पत्र ।

३) निःशुल्क छात्रवृत्ति आवेदनको अर्धकट्टी ।

४) सम्वन्धित तहको विद्यार्थी परिचय पत्र ।

५) MBS AT-2020 को CMAT Score Sheet को सक्कल प्रति ।

६) त्रि.वि. आंगिक वा सामुदायिक क्याम्पस/कलेजबाट स्नातक तह उत्तीर्ण गरेको सम्बन्धित क्याम्पस/कलेजको चारित्रिक प्रमाण पत्रको र सरकारी वा सामुदायिक स्कूलबाट एस.एल.सी. उत्तीर्ण गरेको सम्बन्धित स्कूलको चारित्रिक प्रमाण पत्रको सक्कल प्रति ।

७) दुर्गम/दलित/आदिवासी/जनजाती/समावेशी विद्यार्थीहरूले सम्बन्धित कार्यालयबाट दुर्गम/दलित/आदिवासी/जनजाती/समावेशी को प्रमाण पत्र अनिवार्य पेश गर्नु पर्नेछ ।

 

  •  पुनश्च : माथिका कागजातहरु नल्याउने आवेदकहरुलाई अन्तरवार्तामा समावेश नगराइने व्यहोरा जानकारी गराइन्छ ।

 

 

   सदस्य सचिव

   निःशुल्क तथा जेहेन्दार छात्रवृत्ति समिति