एम.वि.एस. दोश्रो सेमेष्टर, २०७५ समूहको निःशुल्क छात्रवृत्तिको अन्तरवार्ता सम्वन्धी सूचना

२०७८।०८।०७

 

 

यस क्याम्पसको एम.वि.एस. दोश्रो सेमेष्टर, २०७५ समूह (हाल चौंथो सेमेष्टर) को निःशुल्क छात्रवृत्तिको लागि आवेदन दिने आवेदकहरुको अन्तरवार्ता निम्न मिति, समय र स्थानमा हुने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । तोकिएको दिन र समयमा अन्तरवार्तामा सम्मिलित नहुने विद्यार्थीहरुलाई अर्को दिन अन्तरवार्तामा समावेश नगराइने व्यहोरा समेत जानकारी गराइन्छ ।

 

अन्तरवार्ता हुने दिनहरु :

मिति २०७८ मंसिर १३ गते : आवेदन दर्ता नं.   १ देखि १०० सम्म

मिति २०७८ मंसिर १४ गते : आवेदन दर्ता नं. १०१ देखि माथि सबै ।

 

अन्तरवार्ता हुने समय र स्थान :  विहान ८ः०० बजेदेखि १०ः०० बजेसम्म,  क्याम्पस प्रमुखको कार्यालय 

 

अन्तरवार्तामा आउँदा ल्याउनु पर्ने कागजातहरु :

१) सम्वन्धित तह/सेमेष्टरको क्याम्पस भर्ना रसिद ।

२) नेपाली नागरिकताको प्रमाण पत्र ।

३) निःशुल्क छात्रवृत्ति आवेदनको अर्धकट्टी ।

४) सम्वन्धित तह/सेमेष्टरको विद्यार्थी परिचय पत्र ।

५) MBS प्रथम सेमेष्टर नियमित उत्तीर्ण भएको Grade Sheet को सक्कल प्रति ।

६) त्रि.वि. आंगिक वा सामुदायिक क्याम्पस/कलेजबाट स्नातक तह उत्तीर्ण गरेको सम्बन्धित क्याम्पस/कलेजको चारित्रिक प्रमाण पत्रको र सरकारी वा सामुदायिक स्कूलबाट एस.एल.सी. उत्तीर्ण गरेको सम्बन्धित स्कूलको चारित्रिक प्रमाण पत्रको सक्कल प्रति ।

७) दुर्गम/दलित/आदिवासी/जनजाती/समावेशी विद्यार्थीहरूले सम्बन्धित कार्यालयबाट दुर्गम/दलित/आदिवासी/जनजाती/समावेशी को प्रमाण पत्र अनिवार्य पेश गर्नु पर्नेछ ।

 

  •  पुनश्च : माथिका कागजातहरु नल्याउने आवेदकहरुलाई अन्तरवार्तामा समावेश नगराइने व्यहोरा जानकारी गराइन्छ ।

 

 

   सदस्य सचिव

   निःशुल्क तथा जेहेन्दार छात्रवृत्ति समिति