एम.वि.एस. चौंथो सेमेष्टरको प्रि–बोर्ड परीक्षा सम्बन्धी सूचना

२०७८।०७।२२

 

यस क्याम्पसको एम.वि.एस. तह २०७५ समूह, चौंथो सेमेष्टर (प्रातः तथा साँझ) मा अध्ययनरत विद्यार्थीहरूको प्रि–बोर्ड परीक्षा मिति २०७८ साल मंसिर २ गते बिहीबारदेखि भौतिक उपस्थितिमा निम्न तालिका अनुसार संचालन हुने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि सूचित गरिन्छ । 

 

Pre Board Examination Schedule 

Time: 7.30 a.m. to 9.30 a.m

 Date

  Subject

2078-08-02

MGT 523 Strategic Management

2078-08-03

ACC 688 Accounting Theory and Financial Reporting

FIN 685 Financial Markets and Institutions

MGT 685 Organizational Development and Change

MKT 685 Consumer Behavior

2078-08-05

ACC 689 Management Control Systems

FIN 689 Investment Management

MGT 690 Leadership and Communication

MKT 687 Brand Management

 

  • पुनश्च :

१. सबै विषयको प्रि–बोर्ड परीक्षामा सम्मिलित नभएका तथा अनुत्तिर्ण भएका विद्यार्थीहरूको सम्बन्धित विषयमा NQ (Not Qualified) हुने हुनाले अन्तिम परीक्षा (Semester-End परीक्षा) मा सामेल हुन नपाउने व्यहोरा समेत सम्बन्धित सबै विद्यार्थीहरूको जानकारीको लागि सूचित गरिन्छ ।

२. उपरोक्त परीक्षा कार्यक्रम अनुसार परीक्षामा उपस्थित हुन नसकेका र अनुतिर्ण भएका विद्यार्थीहरूको लागि १ (एक) पटक मात्र पुनः परीक्षाको व्यवस्था गरिनेछ । साथै उक्त पुनः परीक्षामा सहभागी हुन  पुनः परीक्षा शुल्क वापत रु. ५००।– (पाँच सय रुपैया मात्र) अनिवार्य रुपमा बुझाउनु पर्ने छ ।   

३. प्रि–बोर्ड परीक्षामा सामेल हुन परीक्षार्थीहरूले चौंथो सेमेष्टरको विद्यार्थी परिचय पत्र अनिवार्य रूपमा ल्याउनु पर्नेछ । अन्यथा परीक्षामा सामेल नगराइने व्यहोरा जानकारी गराइन्छ ।

         

 

सहायक क्याम्पस प्रमुख