एम.वि.एस. चौंथो सत्रकोे परीक्षा आवेदन फाराम भर्ने सूचना

२०७८।०७।१०

 

त्रि.वि. व्यवस्थापन संकाय, डीनको कार्यालय, परीक्षा नियन्त्रण महाशाखाको मिति २०७८।०७।०८ गतेको सूचना अनुसार सेमेष्टर प्रणालीको एम.वि.एस. कार्यक्रममा २०७५ साल (सन् २०१९) मा भर्ना भएका परीक्षार्थीहरूको चौंथो सत्रको नियमित परीक्षा र सन् २०१९ अघि भर्ना भई चौंथो सत्रको नियमित र मेक–अप (मौका) परीक्षामा सामेल भै अनुतिर्ण वा अनुपस्थित भएका आंशिक परीक्षार्थीहरू  (नियमित परीक्षाको आंशिक परीक्षार्थी) समेतको चौंथो सत्रको नियमित परीक्षा मिति २०७८ मंसिर महिनाको चौंथो सातादेखि संचालन हुने भएकोले यस क्याम्पसका एम.वि.एस. चौंथो सत्र (प्रातः तथा साँझ समूह) का नियमित तथा आंशिक परीक्षार्थीहरूले आफू सम्मिलित हुन चाहेको विषयहरू स्पष्ट  परीक्षा आवेदन फाराममा भरि मिति २०७८।०८।०१ गतेभित्र विहान ०७ः३० बजेदेखि १०ः०० बजेसम्म शैक्षिक प्रशासन शाखाबाट रुजु गराई आर्थिक प्रशासन शाखाको फी काउण्टरमा आवश्यक परीक्षा दस्तुर सहित बुझाईसक्नुपर्ने व्यहोरा सम्बन्धित सबैलाई जानकारीको लागि सूचित गरिन्छ ।  

 

परीक्षा फाराम बुझाउँदा ध्यान दिनुपर्ने कुराहरु :

१) परीक्षा आवेदन फाराम स्वयं परीक्षार्थीले भरी सबै प्रकृया पुर्याई आफैंले बुझाउनुपर्नेछ ।

२) नियमित परीक्षार्थीहरूले तेश्रो सत्रको Grade Sheet / प्रवेश पत्रको फोटोकपी र आंशिक परीक्षार्थीहरूको हकमा चौंथो सत्रको नियमित परीक्षाको Grade Sheet को फोटोकपी अनिवार्यरूपमा परीक्षा फारामसंगै संलग्न गर्नुपर्नेछ । अन्यथा उक्त परीक्षार्थीको परीक्षा फाराम स्विकृत गरिने छैन ।

३) परीक्षा फाराममा विषय सच्याईएको पाइएमा सो परीक्षा फाराम रद्द गरिनेछ र सोको जिम्मवारी स्वयम् विद्यार्थी हुनेछ ।

४) परीक्षा फाराममा हालसालै खिचिएको पासपोर्ट साइजको २ प्रति फोटो टाँस गर्नु पर्नेछ । प्रवेश पत्र प्रतिलिपि लिनुपरेमा परीक्षा आवेदन फाराममा प्रयोग भए अनुसारको फोटो नै प्रयोग गर्नुपर्नेछ ।

विलम्ब शुल्क : फाराम भर्ने म्याद सकिएको भोलिपल्ट देखि २ दिनसम्म प्रति विद्यार्थी प्रतिसत्र रु.२००।–, दोश्रो २ दिनसम्म प्रति विद्यार्थी प्रतिसत्र रु.४००।– र त्यसपछिको २ दिनसम्म अन्तिम पटक प्रति विद्यार्थी प्रतिसत्र रु.१,०००।– विलम्ब शुल्क रहेको छ ।

 

सहायक क्याम्पस प्रमुख