एम.वि.एस. कार्यक्रम प्रथम सेमेष्टर २०७७।०७८ को प्रातः समूहमा भर्ना वन्द भएको सूचना

२०७८।०५।२५

 

त्रि.वि. व्यवस्थापन संकाय, डीनको कार्यालयद्वारा मिति २०७८।०५।०५ गते लिइएको एम.वि.एस. कार्यक्रम सेमेष्टर प्रणाली अन्तर्गतको Admission Test (MBS-AT 2021)  मा उत्तीर्ण भई यस क्याम्पसमा शैक्षिक वर्ष २०७७।०७८ को लागि एम.वि.एस. तह प्रथम सेमेष्टरमा भर्ना हुन चाहने इच्छुक विद्यार्थीहरूको लागि पूर्व प्रकाशित सूचनामा उल्लेख भए अनुसार भर्ना रोल नं. १ देखि १०२० सम्म प्रातः समूहमा भर्ना पूरा भैसकेकोले प्रातः समूहको भर्ना बन्द भएको व्यहोरा सम्बन्धित सबैलाई यसै सूचनाद्वारा जानकारी गराइन्छ । साथै यस क्याम्पसको साँझ समूहमा भर्ना हुन इच्छुक विद्यार्थीहरूको लागि मिति २०७८।०५।३० गतेसम्म भर्ना म्याद यथावत रहेको व्यहोरासमेत सूचित गरिन्छ ।

 

सहायक क्याम्पस प्रमुख