एम.वि.एस. कार्यक्रम सेमेष्टर प्रणाली अन्तर्गत २०७७।०७८ को प्रथम सेमेष्टरमा भर्ना हुने वारे सूचना

२०७८।०५।१८

 

त्रि.वि. व्यवस्थापन संकाय, डीनको कार्यालयद्वारा मिति २०७८।०५।०५ गते लिइएको एम.वि.एस. कार्यक्रम सेमेष्टर प्रणाली अन्तर्गतको Admission Test (MBS-AT 2021) मा उत्तीर्ण भई यस क्याम्पसमा शैक्षिक वर्ष २०७७।०७८ को लागि एम.वि.एस. तह प्रथम सेमेष्टरमा भर्ना हुन चाहने इच्छुक विद्यार्थीहरूले यस क्याम्पसस्थित Global IME Bank को Extension Counter मा रु.३००।– तिरी भर्ना आवेदन फाराम फी–काउण्टरबाट प्राप्त गरी प्रातः समूहको लागि मिति २०७८ भाद्र २२ गतेदेखि भाद्र २५ गतेभित्र तथा साँझ समूहको लागि मिति २०७८ भाद्र २२ गतेदेखि भाद्र ३० गतेभित्र शैक्षिक प्रशासन शाखाबाट रुजु गराई प्रथम सेमेष्टरको एकमुष्ट शुल्क रु. १७,५७०।– (डीनको कार्यालयबाट लिइने परीक्षाको परीक्षा शुल्क बाहेक) यसै क्याम्पसस्थित Global IME Bank को Extension Counter मा जम्मा गरी सोको सक्कल भौचरसहित भर्ना आवेदन फाराम फी काउण्टरमा बुझाई भर्ना हुन यो सूचना प्रकाशित गरिएको छ ।

  •  पुनश्चः १) कक्षाहरू प्रातः र साँझ समूहमा सञ्चालन हुने छन् ।

                    २) प्रातः सत्रमा १०२० जना विद्यार्थीमात्र First Come First को आधारमा भर्ना गरिने छ । सो भन्दा बढी विद्यार्थी भर्ना हुन आवेदन आएमा त्यस्ता विद्यार्थीलाई साँझ समूहमा भर्ना गरिने छ ।

                    ३) यस क्याम्पसमा भर्ना हुन चाहने विद्यार्थी भर्नाका लागि स्वयं उपस्थित हुनुपर्ने छ ।

भर्ना आवेदन फाराम रुजु गराउँदा पेश गर्नुपर्ने कागजातहरू :

१) त्रि.वि.तथा त्रि.वि.बाट मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातक तह वा सो सरह उत्तीर्ण गरेको ट्रान्सक्रिप्ट र चारित्रिक प्रमाणपत्रको फोटोकपी १ / १ प्रति । रुजुको लागि सक्कल प्रमाण पत्रहरू अनिवार्य ल्याउनु पर्नेछ । 

२) MBS Admission Test (MBS-AT 2021) Score Sheet  विद्यार्थी आफैले www.tudoms.org  बाट Download गरी १ प्रति बुझाउनु पर्नेछ ।

३) विदेशी विश्वविद्यालयबाट स्नातक तह वा सो सरह उत्तीर्ण गरेका आवेदकहरुले एस.एल.सी. देखिका सम्पूर्ण शैक्षिक प्रमाणपत्रहरुसमेत रुजु गराउनु पर्नेछ । 

४) हालसालै खिचिएको पासपोर्ट साइजको फोटो ४ प्रति । 

 

फाराम लिने, रुजु गराउने तथा भर्ना हुने समय : विहान ७ः३० बजेदेखि १०ः०० बजेसम्म । 

बैक काउण्टर खुल्ने समय : विहान ७ः३० बजेदेखि ।

कक्षा संचालन सुरु : कक्षा संचालन सुरु मिति पछि प्रकाशित गरिने छ ।

              

 क्याम्पस प्रमुख