एम.वि.एस. प्रथम सेमेष्टर २०७६ समूहको निःशुल्क छात्रवृत्तिको लागि आवेदन माग गरिएको सूचना

२०७८।०४।२८

 

यस क्याम्पसको एम.वि.एस. तह प्रथम सेमेष्टर, २०७६ समुह (प्रातः तथा साँझ) का विद्यार्थीहरूबाट निःशुल्क छात्रवृत्तिको आवेदन फाराम क्याम्पसको वेभसाइटबाट Download गरी नियमानुसार भरी निम्न मिति र समय भित्र बुझाउन यो सूचना प्रकाशित गरिएको छ । 

 

आवेदन फाराम बुझाउने म्याद :– मिति २०७८ साल श्रावण ३१ गतेदेखि भाद्र ४ गतेसम्म ।

आवेदन फाराम बुझाउने समय तथा स्थान :– विहान ७ः३० बजेदेखि १०ः०० बजेभित्र, शैक्षिक प्रशासन शाखामा 

 

निःशुल्क छात्रवृत्ति फाराममा संलग्न गर्नुपर्ने :

१) हालसालै खिचिएको पासपोर्ट साइजको फोटो २ प्रति ।

२) नेपाली नागरिकताको प्रमाण पत्रको फोटोकपी १ प्रति ।

३) एम.वि.एस. प्रथम सेमेष्टरको भर्ना रसिदको फोटोकपी १ प्रति ।

४) विद्यार्थी परिचय पत्रको फोटोकपी १ प्रति । 

५) MBS AT 2020 को CMAT Score Sheet को फोटोकपी १ प्रति ।

६) त्रि.वि. आंगिक वा सामुदायिक क्याम्पस/कलेजबाट स्नातक तह उत्तीर्ण गरेको सम्बन्धित क्याम्पस/कलेजको चारित्रिक प्रमाण पत्रको फोटोकपी १ प्रति, सरकारी वा सामुदायिक स्कूलबाट एस.एल.सी. उत्तीर्ण गरेको सम्बन्धित स्कूलको चारित्रिक प्रमाण पत्रको फोटोकपी १ प्रति अनिवार्य पेश गर्नु पर्नेछ । 

७) सरकारी / सामुदायिक स्कूल/क्याम्पस अध्ययन गरेका विद्यार्थीहरुले सम्बन्धित स्थानिय निकाय (गा.पा / न.पा.) बाट सरकारी / सामुदायिक स्कूल / क्याम्पस हो भनी प्रमाणित गरेको सिफारिसपत्र अनिवार्य पेश गर्नु पर्नेछ ।

८) दुर्गम / दलित /आदिवासी / जनजाती / समावेशी विद्यार्थीहरूले सम्बन्धित कार्यालयबाट दुर्गम / दलित / आदिवासी / जनजाती / समावेशी को प्रमाण पत्र अनिवार्य पेश गर्नु पर्नेछ ।

 

  • पुनश्चः 

१. जम्मा भर्नाको १५% विद्यार्थीहरुलाई निःशुल्क छात्रवृत्ति प्रदान निम्नानुसार प्राथमिकताको आधारमा गरिनेछ । 

    प्राथमिकताः

     पहिलो : सरकारी स्कूल / आंगिक क्याम्पस, दोश्रो : सरकारी स्कूल / सामुदायिक क्याम्पस ,

      तेश्रो : सामुदायिक स्कूल / आंगिक क्याम्पस, चौथौं : सामुदायिक स्कूल / सामुदायिक क्याम्पस र अन्य बाँकीको हकमा सोही प्राथमिकताको आधारमा निर्धारत गरिनेछ ।

२. उपरोक्त अनुसारको निशुल्क छात्रवृत्तिको अन्तरवार्ता समय तालिकाको सूचना पछि प्रकाशित गरिनेछ । 

 

 

     सहायक क्याम्पस प्रमुख 

 

Attachments

SN. Name Download
1 MBS 1st Semester freeship form.pdf