एम.वि.एस. दोश्रो सत्रकोे परीक्षा आवेदन फाराम भर्ने सूचना

२०७८।०४।२७

 

त्रि.वि. व्यवस्थापन संकाय, डीनको कार्यालय, परीक्षा नियन्त्रण महाशाखाको मिति २०७८।०४।२६ गतेको सूचना अनुसार सेमेष्टर प्रणालीको एम.वि.एस. कार्यक्रममा यस क्याम्पसमा २०७६ साल (सन् २०२०) मा भर्ना भएका परीक्षार्थीहरूको दोश्रो सत्रको नियमित र सन् २०२० अघि भर्ना भई दोश्रो सत्रको नियमित परीक्षामा सामेल भै अनुतिर्ण वा अनुपस्थित भएका आंशिक परीक्षार्थीहरू (नियमित परीक्षाको आंशिक परीक्षार्थी) समेतको दोश्रो सत्रको नियमित परीक्षा मिति २०७८ असोज महिनाको पहिलो सातादेखि संचालन हुने भएकोले आफू सम्मिलित हुन चाहेको विषयहरू स्पष्ट उल्लेख गरी परीक्षा आवेदन फाराम भरी मिति २०७८।०५।१५ गतेभित्र विहान ०७ः३० बजेदेखि १०ः०० बजेभित्र  (प्रातः तथा साँझ समूह) शैक्षिक प्रशासन शाखाबाट रुजु गराई आर्थिक प्रशासन शाखाको फी काउण्टरमा आवश्यक परीक्षा दस्तुरको बैंक भौचरसहित बुझाई सक्नुपर्ने व्यहोरा सम्बन्धित सबैलाई जानकारीको लागि सूचित गरिन्छ ।  

परीक्षा फाराम बुझाउँदा ध्यान दिनुपर्ने कुराहरु :

१) परीक्षा आवेदन फाराम स्वयं परीक्षार्थीले भरी सबै प्रकृया पु¥याई आफैंले बुझाउनुपर्नेछ ।

२) नियमित परीक्षार्थीहरूले प्रथम सत्रको परीक्षाको प्रवेश पत्रको फोटोकपी र आंशिक परीक्षार्थीहरुले दोश्रो सत्रको नियमित परीक्षाको Grade Sheet को फोटोकपी अनिवार्यरुपमा फारामसंगै संलग्न गर्नुपर्नेछ । अन्यथा उक्त परीक्षार्थीको परीक्षा फाराम स्विकृत गरीने छैन ।

३) परीक्षा फाराममा विषय सच्याईएको पाइएमा सो परीक्षा फाराम रद्द गरिनेछ र सोको जिम्मेवारी स्वयम् विद्यार्थी हुनेछ ।

४) परीक्षा फाराममा हालसालै खिचिएको पासपोर्ट साइजको २ प्रति फोटो टाँस्नु पर्नेछ । प्रवेश पत्र प्रतिलिपि लिनुपरेमा परीक्षा आवेदन फाराममा प्रयोग भए अनुसारको फोटो नै प्रयोग गर्नुपर्नेछ ।

 

परीक्षा शुल्क : नियमित परीक्षा शुल्क : प्रति विद्यार्थी प्रति सत्र : रु. १,५००।–

                    आंशिक परीक्षा शुल्क :प्रति विद्यार्थी प्रति विषय : रु. ३००।–

 

विलम्ब शुल्क : फाराम भर्ने म्याद सकिएको भोलिपल्टदेखि २ दिनसम्म प्रति विद्यार्थी प्रति सत्र रु.२००।–, दोश्रो २ दिनसम्म प्रति विद्यार्थी प्रति सत्र रु.४००।– र त्यसपछिको २ दिनसम्म अन्तिम पटक प्रति विद्यार्थी प्रति सत्र रु.१,०००।– रहेको व्यहोरा पनि यसै सूचनाद्वारा सूचित गराइन्छ ।

शुल्क बुझाउने सम्बन्धमा : परीक्षा आवेदन फाराम शुल्क यस Shanker Dev Campus को Global IME Bank Ltd., Sundhara Branch, खाता नं. A401010000193 मा आवेदकले बैंक भौचरमा अनिवार्य नाम, क्याम्पस रोल नं. र फोन नं. उल्लेख गरी जम्मा गर्नुपर्ने छ ।

 

सहायक क्याम्पस प्रमुख