मौका परीक्षाको परीक्षा फाराम भर्ने सूचना

२०७८।०४।२७

 

त्रि.वि. व्यवस्थापन संकाय, डीनको कार्यालय, परीक्षा नियन्त्रण महाशाखाको मिति २०७८।०४।२५ गतेको सूचना अनुसार सेमेष्टर प्रणालीको एम.वि.एस. कार्यक्रमको चौंथो सेमेष्टरको  मौका परीक्षा (Chance Examination) २०७८ भाद्र महिनाको तेश्रो सातादेखि संचालन हुने भएकोले उक्त कार्यक्रममा सन् २०१८ मा भर्ना भई चौंथो सत्रको नियमित परीक्षामा अधिकतम दुई विषयसम्म अनुतीर्ण भएका परीक्षार्थीहरूले मात्र आफू सम्मिलित हुन चाहेको विषयहरू स्पष्ट उल्लेख गरि परीक्षा आवेदन फाराम मिति २०७८।०५।०८ गतेभित्र प्रातः तथा साँझ समूहका यस क्याम्पसका परीक्षार्थीहरुले विहान ०७ः३० बजेदेखि १०ः०० बजेभित्र शैक्षिक प्रशासन शाखाबाट रुजु गराई आवश्यक परीक्षा शुल्क (प्रति परीक्षार्थी प्रति विषय रु. ३००।– का दरले) को बैंक भौचरसहित आर्थिक प्रशासन शाखाको फी काउण्टरमा बुझाई सक्नुपर्ने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि सूचित गरिन्छ । साथै चौंथो सेमेष्टरको नियमित परीक्षाको लब्धांक पत्रको प्रतिलिपी अनिवार्य रुपमा परीक्षा फारामसंगै संलग्न गर्नुपर्ने छ । अन्यथा उक्त परीक्षार्थीको परीक्षा फाराम स्विकृत नहुने व्यहोरा पनि सम्बन्धित सबैलाई सूचित गरिन्छ ।

 

विलम्ब शुल्क : फाराम भर्ने म्याद सकिएको २ दिनसम्म प्रति विद्यार्थी प्रति सत्र रु.२००।–, दोश्रो २ दिनसम्म प्रति विद्यार्थी प्रति सत्र रु.४००।– र त्यसपछिको २ दिनसम्म अन्तिम पटक प्रति विद्यार्थी प्रति सत्र रु.१,०००।– रहेको व्यहोरा पनि यसै सूचनाद्वारा सूचित गराइन्छ ।

शुल्क बुझाउने सम्बन्धमा : परीक्षा आवेदन फाराम शुल्क यस Shanker Dev Campus को Global IME Bank Ltd., Sundhara Branch,, खाता नं. A401010000193 मा आवेदकले बैंक भौचरमा अनिवार्य नाम, क्याम्पस रोल नं. र फोन नं. उल्लेख गरी जम्मा गर्नुपर्ने छ ।

 

सहायक क्याम्पस प्रमुख