एम.वि.एस. दोश्रो वर्षको आंशिक परीक्षा दिने परीक्षार्थीहरूको परीक्षा आवेदन फाराम भर्ने सूचना .

२०७८।०४।१४

 

 

त्रि.वि.प.नि.का. वल्खुद्वारा मिति २०७८।०४।१३ मा प्रकाशित सूचना अनुसार त्रि.वि.को वार्षिक परीक्षा प्रणाली अनुसार २०७७ सालको एम.वि.एस. दोश्रो वर्षको वार्षिक परीक्षामा सम्मिलित हुने आंशिक परीक्षाको कोभिड १९ को महामारीको कारण स्थगित भएको परीक्षा फाराम यस क्याम्पसका आंशिक परीक्षार्थीहरूले मिति २०७८ साल श्रावण ३० गतेसम्ममा नियमित शुल्कमा र दोब्बर दस्तुर साधारण म्याद सकिएको एक हप्ताभित्र परीक्षा आवेदन फाराम भरि विहान ११ः०० बजेदेखि दिउँसो २ः०० बजेसम्म शैक्षिक प्रशासन शाखाबाट रुजु गराई आर्थिक प्रशासन शाखाको फि–काउण्टरमा बुझाउन सम्वन्धित सवैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

 

परीक्षा फाराम भर्दा ध्यान दिनु पर्ने कुराहरू :

१) परीक्षा आवेदन फाराम स्वयं परीक्षार्थीले भरि सबै प्रकृया पुरयाई आफैंले बुझाउनु पर्नेछ ।

२) परीक्षा फाराममा त्रि.वि.रजिष्ट्रेशन नं. अनिवार्यरुपमा उल्लेख गर्नु पर्नेछ । परीक्षा फाराममा त्रि.वि.दर्ता फाराममा भरे अनुसार जन्म मिति, बाबुको नाम, थर फरक नपारी उल्लेख गर्नुपर्नेछ । 

३) परीक्षा फाराममा हालसालै खिचेको पासपोर्ट साइजको फोटो २ प्रति टास्नु पर्नेछ । परीक्षा संचालन अवधिसम्म प्रवेश पत्र प्रतिलिपी लिनु परेमा परीक्षा आवेदन फाराममा प्रयोग भए अनुसारको फोटो नै पेश गर्नुपर्नेछ ।

४) परीक्षार्थीहरूले गतसाल सोही खण्डको परीक्षा दिएको रोल नं. र वर्ष परीक्षा आवेदन फारामको शिरमा वा निर्दिष्ट स्थानमा अनिवार्यरुपमा उल्लेख गरी लव्धाङ्क पत्रको फोटोकपी अनिवार्यरूपमा परीक्षा आवेदन फाराममा संलग्न गर्नु पर्नेछ ।

५) २०७१ सालमा भर्ना भई २०७२ सालमा प्रथम वर्षको परीक्षामा सम्मिलित हुनेहरूका लागि यो अन्तिम पटक हुनेछ ।

 

 

           सहायक क्याम्पस प्रमुख