एम.वि.एस. कार्यक्रम (सेमेष्टर प्रणाली) को प्रवेश परीक्षा – २०७८ सम्बन्धी सूचना

२०७८।०३।२२

 

त्रि.वि., व्यवस्थापन संकाय, डीनको कार्यालय, कीर्तिपुरद्वारा मिति २०७८।०३।१९ गतेको गोरखापत्रमा प्रकाशित सूचना अनुसार सेमेष्टर प्रणालीमा आधारित Master of Business Studies (MBS) कार्यक्रम शैक्षिक वर्ष २०७७/०७८ को लागि यस क्याम्पसमा विद्यार्थी भर्ना कार्यक्रम देहाय अनुसार सञ्चालन हुने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

आवेदन फाराम बुझाउने मिति : २०७८ असार २२ गते देखि २०७८ साउन १८ गते सम्म  

दोब्बर शुल्क सहित फाराम बुझाउने मिति : २०७८ साउन १९ गते देखि २०७८ साउन २५ गते सम्म

आवेदन फाराम शुल्क : रु. १,५००।– (एक हजार पाँच सय)

शुल्क बुझाउने सम्बन्धमा : आवेदन फाराम शुल्क यस Shanker Dev Campus को Global IME Bank Ltd., Sundhara Branch, खाता नं. A401010000193 मा आवेदकले बैंक भौचरमा अनिवार्य नाम र फोन नं. उल्लेख गरी जम्मा गर्नुपर्ने छ ।

प्रवेश परीक्षा : २०७८ साउन ३० गते, शनिवार  

परीक्षा समय : विहान ८ः०० बजे

  •  आवेदन फाराम त्रि.वि. व्यवस्थापन संकायको website : www.tudoms.org अनलाइन मार्फत भर्नु पर्नेछ । सो सम्बन्धी link www.fomecd.edu.np बाट समेत उपलब्ध हुनेछ ।
  •  आवेदन फाराम वापत दस्तुर बुझाएको बैंक भौचर scan गरि "Voucher" मा upload गर्नु पर्ने छ ।
  •  आवेदन फाराम साथमा स्नातक तहको ट्रान्सक्रिप्ट र चारित्रिक प्रमाण पत्र अथवा सम्पूर्ण वर्ष/सेमेष्टर उत्तीर्ण गरेको मार्कसिट scan गरि "Other Attachments" मा upload गर्नु पर्ने छ ।
  •  परीक्षा केन्द्र सम्बन्धी सूचना त्रि.वि. व्यवस्थापन संकायको website www.fomecd.edu.np र www.tudoms.org मा पछि प्रकाशित गरिने छ ।

 

सहायक क्याम्पस प्रमुख