एम.वि.एस. चौंथो सेमेष्टरको अनलाइन कक्षा सञ्चालन सम्बन्धी सूचना

मिति २०७८।०२।०४

 

त्रि.वि. व्यवस्थापन संकाय, डीनको कार्यालयद्वारा मिति २०७८।०१।१४ गते प्रकाशित सूचनामा हाल अध्ययन गरिरहेका तहका परीक्षाहरू स्थगन भएता पनि अर्को तहमा वैकल्पिक विधि अनुसार अनलाइन कक्षा सञ्चालन गर्न/गराउन अनुरोध भए बमोजिम यस क्याम्पसको एम.वि.एस. तह  २०७५ समूहका विद्यार्थीहरूको लागि एम.वि.एस. तह चौंथो सेमेष्टर (प्रातः तथा साँझ) को अनलाइन कक्षा यही मिति २०७८।०२।१६ गते आईतबारदेखि Microsoft Teams बाट सञ्चालन हुने व्यहोरा सम्बन्धित सबैलाई यसै सूचनाद्वारा सूचित गराईन्छ । साथै उक्त तहको अनलाइन कक्षा तालिका क्याम्पसको वेभसाइट www.shankerdevcampus.edu.np मा पछि प्रकाशित गरिने छ ।


पुनश्च : उक्त चौंथो सेमेष्टरको अनलाइन कक्षाको लागि MS Teams को Password कुनै कारणले Block भएको खण्डमा आफ्नो नाम, रोल नं. र MS Teams User ID उल्लेख गरि mbs2075@shankerdevcampus.edu.np मा पठाउनको लागि सम्बन्धित विद्यार्थीहरूलाई सूचित गरिन्छ ।


सहायक क्याम्पस प्रमुख