२०७८।०१।०३
यस क्याम्पसको एम.वि.एस. तह २०७६ समूह (प्रातः तथा साँझ) को प्रथम सेमेष्टरको परीक्षामा सम्मिलित भएका विद्यार्थीहरूले यही मिति २०७८ बैशाख ५ गतेदेखि बैशाख १३ गतेसम्ममा दोश्रो सेमेष्टरमा भर्ना हुन सम्वन्धित सवैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । साथै उक्त समूहको नियमित कक्षाहरू मिति २०७८ बैशाख १६ गते बिहीबारदेखि सञ्चालन हुने पनि यसै सूचनाबाट सूचित गरिन्छ ।
पुनश्च :
१) भर्नाको म्यादभित्र भर्ना नभएका विद्यार्थीहरुलाई कक्षामा प्रवेश नगराइने तथा समयसीमा भित्र भर्ना नभई हाजिरी नपुगेमा क्याम्पस प्रशासन जवाफदेही हुने छैन ।
२) भर्ना तथा अन्य शुल्क सम्बन्धी विवरण यस क्याम्पसको लेखा शाखाबाट प्रकाशित गरिएको सूचना अनुसार हुने छ ।
३) जागिर तथा अन्य विविध कारणले उपत्यका बाहिर जानुपरेका विद्यार्थीहरूले आफ्नो नजिकको क्याम्पसमा स्थानान्तरणका लागि प्रथम सेमेष्टर परीक्षा सकिएको मितिले १५ दिनभित्र प्रक्रिया थाल्नसमेत सूचित गरिन्छ ।
क्याम्पस प्रमुख