एम.वि.एस. चौंथो सेमेष्टरको शैक्षिक भ्रमण सम्बन्धी सूचना

२०७६।०८।३०


 

यस क्याम्पसको एम.वि.एस. तह २०७४ समूह (प्रातः तथा साँझ) चौंथो सेमेष्टरमा अध्ययनरत इच्छुक विद्यार्थीहरूले मिति २०७६ पुस ११ गतेभित्र क्याम्पसले प्रदान गरेको विद्यार्थी परिचय पत्रको फोटोकपी १ प्रति र अभिभावकको अनुमतिपत्रकासाथ क्याम्पस प्रशासनमा सम्पर्क गरी आफ्नो नाम दर्ता गराउन सम्बन्धित सबै विद्यार्थीहरूलाई यो सूचना प्रकाशित गरिएको छ । शैक्षिक अवलोकन/भ्रमण पश्चात प्रति विद्यार्थी वा ५ जनाको समूह बनाई प्रतिवेदन क्याम्पस प्रशासनमा बुझाउनको लागि अनिवार्य गरिएको जानकारी गराइनुका साथै सो भ्रमणका लागि यातायातमा लागेको खर्चमध्ये केही रकम (आंशिक) मात्र क्याम्पसबाट उपलब्ध गराइने व्यहोरासमेत जानकारी गराइन्छ ।



क्याम्पस प्रमुख