एम.वि.एस. कार्यक्रम (सेमेष्टर प्रणाली) को प्रवेश परीक्षा – २०७६ (2020) सम्बन्धी सूचना

२०७६।०९।०४

 

 

त्रि.वि., व्यवस्थापन संकाय, डीनको कार्यालय, कीर्तिपुरद्वारा मिति २०७६।०९।०३ गतेको गोरखापत्रमा प्रकाशित सूचना अनुसार सेमेष्टर प्रणालीमा आधारित Master of Business Studies (MBS) कार्यक्रम शैक्षिक वर्ष २०७६ (२०२०) को लागि यस क्याम्पसमा विद्यार्थी भर्ना कार्यक्रम देहाय अनुसार सञ्चालन हुने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

आवेदन फाराम बुझाउने मिति : पुष ०४ गतेदेखि माघ ०३, २०७६ (Dec. 20 – Jan. 17, 2020)  सम्म 

विलम्ब शुल्क सहितको फाराम बुझाउने मिति : २०७६ माघ ५ देखि २०७६ माघ १० गतेसम्म

आवेदन फाराम बुझाउने समय : विहान ७ः०० बजेदेखि १०ः०० बजेसम्म 

                                            साँझ ४ः०० बजेदेखि ५ः०० बजेसम्म 

आवेदन फाराम बुझाउन : क्याम्पसमा रहेको ग्लोबल आई.एम.ई बैकको एक्सटेन्सन काउण्टरमा आवश्यक दस्तुरको भौचर बुझाएपछि सो भौचर लेखा शाखाको फि–काउण्टरमा बुझाई रसिद प्राप्त गरी शैक्षिक प्रशासन शाखामा फाराम बुझाउनु पर्नेछ ।

                                   (नोट : बैंक काउण्टर विहान ८.०० बजेदेखि साँझ ४ः३० बजेसम्म खुल्ला रहनेछ)

प्रवेश परीक्षा : २०७६ माघ १८ गते शनिवार (February 1, 2020)    

परीक्षा समय : विहान ८ः०० बजे

  •  म्याद नाघि आएका आवेदन फाराम माथि कुनै कारवाही हुने छैन ।
  •  आवेदन फाराम त्रि.वि. व्यवस्थापन संकायको website: www.fomecd.edu.np र  www.tudoms.org बाट प्राप्त गर्न सकिने छ ।
  •  आवेदन फाराम वापत रु. १,५००।– (एक हजार पाँच सय मात्र) र विलम्ब शुल्क रु. ३०००।– (तीन हजार मात्र) दस्तुर बुझाउनु पर्ने छ ।
  • आवेदन फाराम साथमा स्नातक तहको ट्रान्सक्रिप्ट र चारित्रिक प्रमाण पत्रको फोटोकपी १/१ प्रति बुझाउनु पर्ने छ ।
  • परीक्षा केन्द्र सम्बन्धी सूचना त्रि.वि. व्यवस्थापन संकायको website www.fomecd.edu.np र www.tudoms.org  मा पछि प्रकाशित गरिने छ ।

 

                क्याम्पस प्रमुख