एम.वि.एस. दोश्रो वर्षको मौका समेत परीक्षा दिने परीक्षार्थीहरूको परीक्षा आवेदन फाराम भर्ने सूचना

२०७६।०५।१८

 

त्रि.वि.प.नि.का. वल्खुद्वारा मिति २०७६।०५।१६ को गोरखापत्रमा प्रकाशित सूचना अनुसार त्रि.वि.को वार्षिक परीक्षा प्रणाली अनुसार २०७६ सालमा संचालन हुने एम.वि.एस. दोश्रो वर्षको आंशिक परीक्षा दिने परीक्षार्थीहरूका साथै मौका परीक्षार्थीहरूको हकमा २०६२ सालमा प्रथम वर्षमा भर्ना भई २०६३ सालमा प्रथम वर्ष पहिलो पटक परीक्षा दिई ६ वर्ष नाघेर उत्तीर्ण हुन नसकेका यस क्याम्पसका परीक्षार्थीहरूलाई २०७६ सालमा अन्तिम पटकका लागि मौका परीक्षाको लागि परीक्षा आवेदन फाराम भरी मिति २०७६ साल कार्तिक १ गते सम्ममा प्रातः समूहका परीक्षार्थीहरूले विहान ७ः०० बजेदेखि १०ः०० बजेसम्म र साँझ समूहका परीक्षार्थीहरूले साँझ ४ः०० बजेदेखि ५ः०० बजेसम्ममा शैक्षिक प्रशासन शाखाबाट रुजु गराई आर्थिक प्रशासन शाखाको फि–काउण्टरमा आवश्यक परीक्षा शुल्क तिरी बुझाउन सम्वन्धित सवैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

 

परीक्षा फाराम भर्दा ध्यान दिनु पर्ने कुराहरू :

 

१) परीक्षा आवेदन फाराम स्वयं परीक्षार्थीले भरी सबै प्रकृया पुर्याई आफैंले बुझाउनुपर्नेछ ।

२) परीक्षा फाराममा त्रि.वि.रजिष्ट्रेशन नं. अनिवार्यरुपमा उल्लेख गर्नु पर्नेछ । परीक्षा फाराममा त्रि.वि.दर्ता फाराममा भरे अनुसार जन्म मिति, बाबुको नाम,थर फरक नपारी उल्लेख गर्नुपर्नेछ । 

३) परीक्षा फाराममा हालसालै खिचिएको पासपोर्ट साइजको फोटो २ प्रति टास्नु पर्नेछ । प्रवेश पत्र प्रतिलिपी लिनु परेमा परीक्षा आवेदन फाराममा प्रयोग भए अनुसारको फोटो नै पेश गर्नुपर्नेछ ।

४) आंशिक परीक्षार्थीहरूले गतसाल सोही खण्डको परीक्षा दिएको रोल नं. र वर्ष परीक्षा आवेदन फारामको शिरमा वा निर्दिष्ट स्थानमा अनिवार्यरुपमा उल्लेख गर्नुपर्नेछ र रुजुको लागि लव्धांक पत्र अनिवार्यरूपमा ल्याउनुपर्नेछ ।

५) मौका परीक्षाको लागि पहिलो पटक दोश्रो वर्ष नियमित परीक्षा दिएको सक्कल लब्धांक पत्रको फोटोकपी परीक्षा आवेदन फाराम साथै अनिवार्य पेश गर्नु पर्नेछ । अन्यथा परीक्षा फाराम स्वीकृत गरीने छैन ।

पुनश्चः तोकिएको समयमा परीक्षा आवेदन फाराम बुझाउन नसकेका परीक्षार्थीहरूले मिति २०७६ साल कार्तिक १३ गतेसम्म दोब्बर परीक्षा दस्तुर तिरी बुझाउन सकिने व्यहोरा पनि यसै सूचना द्वारा सूचित गराइन्छ ।

 

 

    

               क्याम्पस प्रमुख