२०७६।०५।०६
यस क्याम्पसको एम.वि.एस. तह २०७५ समूह (प्रातः तथा साँझ) को प्रथम सेमेष्टरको परीक्षामा सम्मिलित भएका विद्यार्थीहरूले यही मिति २०७६ भाद्र ६ गतेदेखि भाद्र १३ गतेसम्ममा दोश्रो सेमेष्टरमा भर्ना हुन सम्वन्धित सवैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । साथै उक्त समूहको नियमित कक्षाहरू मिति २०७६ भाद्र १९ गते विहीबारदेखि सञ्चालन हुने पनि यसै सूचनाबाट सूचित गरिन्छ ।
१) उक्त तहको साँझ समूहमा भर्ना भएका विद्यार्थीहरूमध्ये प्रातः समूहमा स्थानान्तरण हुन इच्छुक विद्यार्थीहरूले मिति २०७६ भाद्र १३ गतेभित्र निवेदनसहित दोश्रो सेमेष्टरको प्रातः समूहमा भर्ना हुन सक्ने छन् । सो मितिपछि प्रातः समूहमा स्थानान्तरण गरी भर्ना गरिने छैन ।
२) भर्नाको म्यादभित्र भर्ना नभएका विद्यार्थीहरुलाई कक्षामा प्रवेश नगराइने तथा समयसीमा भित्र भर्ना नभई हाजिरी नपुगेमा क्याम्पस प्रशासन जवाफदेही हुने छैन ।
३) भर्ना तथा अन्य शुल्क सम्बन्धी विवरण यस क्याम्पसको लेखा शाखाबाट प्रकाशित गरिएको सूचना अनुसार हुने छ ।
४) जागिर तथा अन्य विविध कारणले उपत्यका बाहिर जानुपरेका विद्यार्थीहरूले आफ्नो नजिकको क्याम्पसमा स्थानान्तरणका लागि प्रथम सेमेष्टर परीक्षा सकिएको मितिले १५ दिनभित्र प्रक्रिया थाल्नसमेत सूचित गरिन्छ । अन्यथा हाजिरको कारणले परीक्षा आवेदन फाराम भर्न पाइने छैन ।
क्याम्पस प्रमुख