एम.वि.एस. प्रथम वर्ष २०७५ सालकोे परीक्षा आवेदन फाराम भर्न छुटेका परीक्षार्थीहरुलाई विशेष सूचना

२०७६।०२।०७

 

त्रि.वि.प.नि.का. वल्खुद्वारा मिति २०७६।०२।०७ गतेको गोरखापत्रमा प्रकाशित सूचना अनुसार त्रि.वि.को वार्षिक परीक्षा प्रणाली अनुरुप संचालन हुने एम.वि.एस. तह प्रथम वर्ष   (२०७५) को परीक्षा आवेदन फाराम भर्न छुटेका यस क्याम्पसका आंशिक परीक्षार्थीहरूले मिति २०७६।०२।१५ गतेभित्र परीक्षा आवेदन फाराम भरी यस क्याम्पसको शैक्षिक प्रशासन शाखाबाट प्रातः समूहका विद्यार्थीहरूले प्रातः ७ः०० बजेदेखि १०ः०० बजेभित्र र साँझ समूहका विद्यार्थीहरूले साँझ ४ः०० बजेदेखि ६ः०० बजेभित्र परीक्षा फाराम रुजु गराई दोब्बर परीक्षा शुल्कसहित आर्थिक प्रशासन शाखाको फी–काउण्टरमा बुझाउन सम्वन्धित सवैको जानकारीको लागि सूचित गरिन्छ । 

 

            

          क्याम्पस प्रमुख