२०७५।०९।०५
त्रि.वि., व्यवस्थापन संकाय, डीनको कार्यालय, कीर्तिपुर द्वारा मिति २०७५।०९।०५ गतेको गोरखापत्रमा प्रकाशित सूचना अनुसार सेमेष्टर प्रणालीमा आधारित Master of Business Studies (MBS) कार्यक्रम शैक्षिक वर्ष २०७५।०७६ (२०१९) को लागि यस क्याम्पसमा विद्यार्थी भर्ना कार्यक्रम देहाय अनुसार सञ्चालन हुने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
आवेदन फाराम बुझाउने मिति ः पुष ०४ गतेदेखि माघ ०९, २०७५ (Dec. 19, 2018 – Jan. 23, 2019) सम्म
विलम्ब शुल्क सहितको फाराम बुझाउने मिति : विलम्ब शुल्क सहित २०७५ माघ १५ गतेसम्म
आवेदन फाराम बुझाउने समय ः विहान ७ः०० बजेदेखि १०ः०० बजेसम्म
साँझ ४ः०० बजेदेखि ५ः३० बजेसम्म
प्रवेश परीक्षा : २०७५ माघ १९ गते शनिवार (Feb. 2, 2019)
परीक्षा समय ः विहान ८ः०० बजे
कक्षा संचालन ः २०७५ फाल्गुन पहिलो हप्ताबाट
- म्याद नाघि आएका आवेदन फाराम माथि कुनै कारवाही हुने छैन ।
- आवेदन फाराम त्रि.वि. व्यवस्थापन संकायको website: www.fomecd.edu.np बाट प्राप्त गर्न सकिने छ ।
- आवेदन फाराम वापत रु. १,५००।– (एक हजार पाँच सय मात्र) र विलम्ब शुल्क रु. ३०००।– (तीन हजार मात्र) दस्तुर बुझाउनु पर्ने छ ।
- आवेदन फाराम साथमा स्नातक तहको ट्रान्सक्रिप्ट र चारित्रिक प्रमाण पत्रको फोटोकपी १/१ प्रति बुझाउनु पर्ने छ ।
- परीक्षा केन्द्र सम्बन्धी सूचना व्यवस्थापन संकायको website www.fomecd.edu.np मा पछि प्रकाशित गरिने छ ।
क्याम्पस प्रमुख