२०७५।०७।२०
यस क्याम्पसको एम.वि.एस. तह तेश्रो सेमेष्टर, २०७३ समुहका विद्यार्थीहरूबाट निःशुल्क छात्रवृत्तिको आवेदन फाराम पुस्तकालय शाखा स्थित फोटोकपीबाट खरीद गरी नियमानुसार भरी निम्न मिति र समय भित्र बुझाउन निर्देशानुसार यो सूचना प्रकाशित गरिएको छ ।
आवेदन फाराम बुझाउने म्याद ः– मिति २०७५ साल कार्तिक २५ गतेदेखि मङ्सिर ७ गतेसम्म ।
आवेदन फाराम बुझाउने समय तथा स्थान ः– विहान ७ः०० बजे देखि १०ः०० बजे भित्र, साझ ४ः०० देखि ५ः०० बजेसम्म, शैक्षिक प्रशासन शाखामा ।
निःशुल्क छात्रवृत्ति फाराममा संलग्न गर्नुपर्ने :
१. हालसालै खिचिएको पासपोर्ट साइजको फोटो २ प्रति ।
२. नेपाली नागरिकताको प्रमाण पत्रको फोटोकपी १ प्रति ।
३. एम.वि.एस. तेश्रो सेमेष्टरको भर्ना रसिदको फोटोकपी १ प्रति ।
४. विद्यार्थी परिचय पत्रको फोटोकपी १ प्रति ।
५. एम.वि.एस. दोश्रो सेमेष्टर उत्तिर्ण भएको Grade Sheet को फोटोकपी १ प्रति ।
६. त्रि.वि. आंगिक वा सामुदायिक क्याम्पस/कलेजबाट स्नातक तह उत्तिर्ण गरेको सम्बन्धित क्याम्पस/कलेजको चारित्रिक प्रमाण पत्रको फोटोकपी १ प्रति, सरकारी वा सामुदायिक स्कूलबाट एस.एल.सी. उत्तिर्ण गरेको सम्बन्धित स्कूलको चारित्रिक प्रमाण पत्रको फोटोकपी १ प्रति अनिवार्य पेश गर्नु पर्नेछ ।
७. सरकारी/सामुदायिक स्कूल/क्याम्पस अध्ययन गरेका विद्यार्थीहरुले सम्बन्धित स्थानिय निकाय (गा.पा./न.पा.) बाट सरकारी/सामुदायिक स्कूल/क्याम्पस हो भनी प्रमाणित गरेको सिफारिसपत्र अनिवार्य पेश गर्नु पर्नेछ ।
८. दुर्गम/दलित/आदिवासी/जनजाती/समावेशी विद्यार्थीहरूले सम्बन्धित कार्यालयबाट दुर्गम/दलित/आदिवासी/जनजाती/समावेशी को प्रमाण पत्र अनिवार्य पेश गर्नु पर्नेछ ।
१) जम्मा भर्नाको १५% विद्यार्थीहरुलाई निःशुल्क छात्रवृत्ति प्रदान निम्नानुसार प्राथमिकताको आधारमा गरिनेछ ।
प्राथमिकताः
पहिलो ः सरकारी स्कूल / आंगिक क्याम्पस, दोश्रो : सरकारी स्कूल / सामुदायिक क्याम्पस ,
तेश्रो : सामुदायिक स्कूल / आंगिक क्याम्पस, चौथौं : सामुदायिक स्कूल / सामुदायिक क्याम्पस
र अन्य बाँकीको हकमा सोही प्राथमिकताको आधारमा निर्धारण गरिनेछ ।
२) उपरोक्त अनुसारको निःशुल्क छात्रवृत्तिको अन्तरवार्ता समय तालिकाको सूचना पछि प्रकाशित गरिनेछ ।
निःशुल्क तथा जेहेन्दार छात्रबृत्ति समिति