२०७९।११।१०

 

त्रि.वि. कार्यकारी परिषद्को मिति २०७९ पुस २२ गतेको बैठकको निर्णय नं. १७६२ अनुसार त्रि.वि.को आंगिक र सम्बन्धन प्राप्त क्याम्पसहरूमा मिति २०७९ चैत्र ५ गते स्वतन्त्र विद्यार्थी युनियन (स्व.वि.यु.) निर्वाचनको कार्यक्रम तय भएको र त्रि.वि कार्यकारी परिषद्को मिति २०७९ माघ १६ गतेको बैठकको निर्णय नं. १८४२ बमोजिम स्व.वि.यु. निर्वाचन सम्बन्धी निर्देशिका, २०७९ पारित भएको हुँदा उक्त निर्देशिकाको दफा ६ को उप–दफा (३) को स्व.वि.यु. निर्वाचनको मतदाता नामावलीमा समावेश गरिने निर्णय बमोजिम वार्षिक प्रणाली अन्तर्गत स्नातक तह वि.वि.एस. प्रथम वर्षको भर्ना बाहेक अन्य नियमित कार्यक्रम (वि.वि.एस. दोश्रो वर्ष २०७७ समूह, तेश्रो वर्ष २०७६ समूह र एम.वि.एस. तेश्रो सेमेष्टर २०७७ समूह) र Self Sustain Program अन्तर्गत वि.वि.ए., वि.वि.ए.– फाइनान्स, वि.आई.एम., वि.वि.एम., एम.वि.एम. कार्यक्रमहरूमा भर्ना हुन बाँकी रहेका अध्ययनरत विद्यार्थीहरूले सम्बन्धित सेमेष्टरमा नियमानुसारको शुल्क बुझाई मिति २०७९ फाल्गुन १७ गतेसम्ममा भर्ना भई विद्यार्थी परिचय पत्र नविकरण गर्न हुन सम्बन्धित सबैको जानकारीको लागि सूचित गरिछ ।

 


   क्याम्पस प्रमुख