२०७९।०६।०२
सूचना
यस क्याम्पसमा शैक्षिक सत्र २०७९ मा BBA/BIM/BBM/BBA-Finance अध्ययन गर्न चाहने विद्यार्थीहरुले त्रि.वि. व्यवस्थापन संकाय, डीनको कार्यालयबाट लिइएको CMAT परीक्षा उतिर्ण गरी 10+2 मा ६०% वा कम्तीमा CGPA २.४१ तथा कक्षा ११ र १२ को प्रत्येक विषयमा ‘c’ ग्रेड वा सो भन्दा माथिको ग्रेड प्राप्त गरेका विद्यार्थीहरुबाट मिति २०७९।०६।०२ गते देखि २०७९।०६।०७ गते भित्र विहान ७:०० बजे देखि दिउसो ४:०० वजे सम्म आवेदन दस्तुर रु १०००/– तिरी आवेदन दिन सूचित गरिन्छ ।
आवेदन साथ निम्न कागजातहरुको फोटोकपी संलग्न गर्नु पर्नेछ ।
१. 10+2 को ट्रान्सक्रिप्टको फोटोकपी वा कक्षा ११ र १२ उत्र्तीण गरेको लब्धाङ्क पत्र ।
२. 10+2 को चारित्रिक प्रमाण पत्र लिएको भएमा सोको फोटोकपी ।
३. SEE को लब्धाङ्क पत्रको फोटोकपी ।
४. SEE को चारित्रिक प्रमाण पत्रको फोटोकपी ।
५. CMAT Scoresheet को फोटोकपी ।
छात्रवृत्ति सम्वन्धि व्यवस्थाः
नेपालका सरकारी तथा सामुदायीक विद्यालयबाट SEE तथा 10+2 अध्ययन गरेका विद्यार्थीहरु मध्ये व्यवस्थापन संकाय, डीनको कार्यलयको नियमानुसार छात्रबृत्ति दिइने व्यवस्था भएकोले त्यस्ता विद्यालयवाट अध्ययन पुरा गरेका, र छात्रवृत्तिको लागि इच्छुक विद्यार्थीहरुले छात्रबृत्तिको लागि समेत डिनको कार्यालयवाट तोकिएको ढाँचाको फारम भरी आवेदन दिन सूचित गरिन्छ । साथै त्यस्ता विद्यार्थीहरुले आवेदनको साथ उक्त विद्यालय सरकारी वा सामुदायिक भएको गाउपालिका वा नगरपालिकाको सिफारिस पेश गर्नु पर्ने छ ।
नोट : सार्वजनिक बिदाको दिनमा विहान १०:०० बजे देखि ३:०० बजे सम्म पनि भर्ना प्रयोजन (विद्यार्थी भर्ना फाराम वितरण र फाराम बुझ्ने) का लागि क्याम्पस खुल्ला रहने व्यहोरा सम्वन्धित सबैलाई सूचित गरिन्छ ।
रिता मास्के
संयोजक
विशेष कार्यक्रम विद्यार्थी भर्ना समिति
Attachments
09/18/2022
SN. |
Name |
Download }} |
1 |
cmat form.JPG |
|