२०७९/०५/३१ 

सूचना

यस क्याम्पसमा शैक्षिक सत्र २०७९ मा BBA/BIM/BBM/BBA-Finance अध्ययन गर्न चाहने विद्यार्थीहरुले त्रि.वि. व्यवस्थापन संकाय, डीनको कार्यालयबाट लिइएको CMAT परीक्षा उतिर्ण गरी 10+2 मा ६०% वा कम्तीमा ऋन्एब् २.४१ तथा कक्षा ११ र १२ को प्रत्येक विषयमा ‘c’ ग्रेड  वा सो भन्दा माथिको ग्रेड प्राप्त गरेका विद्यार्थीहरुबाट मिति २०७९।०६।०४ गते देखि २०७९।०६।०७ गते भित्र विहान ७:०० बजे देखि दिउसो ४:०० वजे सम्म आवेदन दस्तुर रु १०००/– तिरी आवेदन  दिन सूचित गरिन्छ ।

 

आवेदन साथ निम्न कागजातहरुको फोटोकपी संलग्न गर्नु पर्नेछ

१. 10+2 को ट्रान्सक्रिप्टको फोटोकपी वा कक्षा ११ र १२  उत्र्तीण गरेको लब्धाङ्क पत्र ।

२.  10+2 को चारित्रिक प्रमाण पत्र लिएको भएमा सोको फोटोकपी ।

३. SEE को लब्धाङ्क पत्रको फोटोकपी ।

४. SEE को चारित्रिक प्रमाण पत्रको फोटोकपी ।

५. CMAT Scoresheet को फोटोकपी ।

 

 

छात्रवृत्ति सम्वन्धि व्यवस्थाः

नेपालका सरकारी तथा सामुदायीक विद्यालयबाट SEE तथा 10+2 अध्ययन गरेका विद्यार्थीहरु मध्ये व्यवस्थापन संकाय, डीनको कार्यलयको नियमानुसार छात्रबृत्ति दिइने व्यवस्था भएकोले त्यस्ता विद्यालयवाट अध्ययन पुरा गरेका, र  छात्रवृत्तिको लागि इच्छुक विद्यार्थीहरुले छात्रबृत्तिको लागि समेत डिनको कार्यालयवाट तोकिएको ढाँचाको फारम भरी आवेदन दिन सूचित गरिन्छ । साथै त्यस्ता विद्यार्थीहरुले आवेदनको साथ उक्त विद्यालय सरकारी वा सामुदायिक भएको गाउपालिका वा नगरपालिकाको सिफारिस पेश गर्नु पर्ने छ ।

               

 

     रिता मास्के

      संयोजक

विशेष कार्यक्रम विद्यार्थी भर्ना समिति

Attachments

09/16/2022
SN. Name Download }}
1 Scan1.JPG