२०७९।०४।०९

 

यस क्याम्पसलाई २०७९।०८० को लागि आवश्यक पर्ने सामान तथा सेवाहरु आपूर्ति / प्रवाह गर्ने प्रयोजनको लागि सम्बन्धित विषयको कारोवार गर्न स्वीकृती प्राप्त गरेको ईच्छुक रजिष्टर्ड फर्म / कम्पनीहरुको सूचि दर्ता गराउनुपर्ने भएकोले आफूले आपूर्ति / प्रवाह गर्ने सामान एवं सेवाहरुको विवरण, फर्म / कम्पनी दर्ता प्रमाणपत्र, भ्याटमा दर्ता भएको प्रमाणपत्र आ.व. २०७७।०७८ को कर चुक्ताको प्रमाणपत्र र कार्य दक्षता अनुभवको प्रमाणपत्रको प्रतिलिपि तथा यस आ.व.मा आपूर्ति गर्ने सामानको दररेट सहित मिति २०७९।०४।२९ गते भित्र यस क्याम्पसको सामान्य प्रशासन शाखामा आवेदन दर्ता गराउन हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । अन्य जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्नु होला । 

 

क्याम्पस प्रमुख