२०७९-०४-१७ 

 

विशेष शैक्षिक कार्यक्रम BBA, BBA-Finance, BIM / BBM को CMAT परीक्षा आवेदन भर्ने सम्वन्धि 

सूचना

त्रि.वि व्यवस्थापन संकाय डीनको कार्यालय कीर्तिपुरद्वारा मिति २०७९/०४/१६ गते प्रकाशित सूचना अनुसार BBA, BBA-Finance, BIM / BBM कार्यक्रमका लागि आह्वान गरेको Central Management Admission Test ( CMAT) परीक्षाका लागि यस शंकरदेव क्याम्पसमा आवेदन फाराम भर्न इच्छुक परीक्षार्थीले अनलाइन प्रणाली मार्फतwww.fomecd.edu.np वा www.tudoms.org मा आवेदन गर्नसक्नेछन् । 

 

  •  आवेदन फाराम शुल्क रु १०००/– ( अक्षरुपी रुपैया एक हजार मात्र) यस शंकरदेव क्याम्पसको कुमारी वैंक, पुतलीसडक, खाता नं ००१००००३४१०००००१ मा जम्मा गर्नुपर्नेछ ।
  •  वंैक भौचरमा परीक्षार्थीको नाम र फोन नं अनिवार्य रुपमा उल्लेख गरी जम्मा गर्नुपर्ने छ । नाम र फोन नं उल्लेख नभएको भौचर मान्य हुने छैन ।
  • वैंक भौचर वाहेक अन्य वैंक ट्रान्सफर वा डिजिटल माध्यमवाट शुल्क जम्मा गरेमा मान्यता दिइने छैन । 
  •  आवेदन फाराम वापत दस्तुर वुझाएको वंैक भौचर  scan गरी "Voucher"  मा upload गर्नु पर्ने छ । 
  • आवेदन फाराम साथमा कक्षा १२ उत्तिर्ण गरेको ट्रान्सक्रिप्ट र चारित्रिक प्रमाण पत्र, कक्षा १२ को परीक्षाको नतिजा प्रकाशित नभएको हकमा कक्षा ११ को मार्कसिट scan गरी "Other Attachments"  मा upload गर्नु पर्ने छ । कक्षा १२ को ट्रान्सक्रिप्ट नभएमा कक्षा ११ र १२ को मार्कशिट upload गर्नु पर्ने छ ।
  • आवेदन फारम भर्ने मिति २०७९/०४/१८ गते देखि २०७९/०५/१७ सम्म ।

 

 

 

प्रा.डा. केशव राज जोशी

क्याम्पस प्रमुख

Attachments

08/02/2022
SN. Name Download }}
1 Cmat Notice.jpg