२०७९/०४/०९

शिक्षक छनौट समिति


विज्ञापन नं. : १/२०७९/०८०
     त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को मिति २०७८/११/२० को बैठकको निर्णय नं. १२९३ बमोजिम त्रिभुवन विश्वविद्यालयका आंशिक शिक्षकहरुलाई नियमित र व्यवस्थित गर्ने सम्बन्धमा प्राप्त परिपत्र र शंकरदेव क्याम्पस कार्य समितिको मिति २०७९/०४/०१ गतेको बैठकको निर्णय अनुसार हाल यस क्याम्पसमा विभिन्न विषयमा अध्यापनरत आंशिक शिक्षकहरुलाई शिक्षण सहायकले पाए सरह पारिश्रमिक पाउने गरी जम्मा ३० (तीस) जना शिक्षकहरु छनौट प्रयोजनका लागि न्यूनतम द्धितीय श्रेणीमा स्नातकोत्तर उत्तीर्ण गरेका र यस क्याम्पसमा कम्तिमा एक शैक्षिक सत्र अध्यापन पूरा गरी नियमित अध्यापन कार्यमा संलग्न इच्छुक शिक्षकहरुबाट यस क्याम्पसको ग्लोबल आइएमई बैंकमा रहेको खाता नं. A४०१०१००००१९३ मा रु.२,०००।– (दुई हजार मात्र) जम्मा गरेको सक्कल भौचर सहित मिति २०७९ श्रावण १६ गते सम्म कार्यालय समयभित्र शंकरदेव क्याम्पस प्रशासनमा बुझाउन दरखास्त आह्वान गरिन्छ । रीत नपुगेका वा समय सीमाभित्र प्राप्त नभएका कुनै पनि दरखास्त छनौट प्रक्रियामा समावेश गरिने छैन । 

 

संयोजक, शिक्षक छनौट समिति

 

आंशिक शिक्षक व्यवस्थापन कार्यविधि–२०७९, शंकर देव क्याम्पस