२०७९।०१।२६

 

त्रि.वि.प.नि.का. वल्खुद्वारा प्रकाशित सूचना अनुसार वार्षिक परीक्षा प्रणाली अनुसार २०७८ को २०७९ सालमा संचालन हुने ४ वर्षे वि.वि.एस. तह दोश्रो वर्षको परीक्षा दिने यस क्याम्पसका नियमित तथा आंशिक परीक्षार्थीहरूले मिति २०७९ साल जेठ २० गतेसम्ममा नियमित दस्तुर र साधारण म्याद सकिएको एक हप्ता भित्र दोब्बर दस्तुर सहित परीक्षा आवेदन फाराम भरि दिनको ११ः०० बजेदेखि २ः०० बजेभित्र शैक्षिक प्रशासन शाखाबाट रुजु गराई आर्थिक प्रशासन शाखाको फी काउण्टरमा बुझाउन सम्वन्धित सवैको जानकारीको लागि सूचित गरिन्छ । 

 

परीक्षा फाराम भर्दा ध्यान दिनुपर्ने कुराहरू :

१. परीक्षा आवेदन फाराम स्वयं विद्यार्थीले भरी सबै प्रकृया पुरयाई आफैंले बुझाउनु पर्नेछ । यसमा अन्यथा हुन गएमा क्याम्पस जवाफदेही हुने छैन ।

२. परीक्षार्थीहरूले त्रि.वि. रजिष्ट्रेशन नं. परीक्षा आवेदन फारामको निर्दिष्ट स्थानमा अनिवार्य रुपले उल्लेख गर्नु पर्नेछ । त्रि.वि. रजिष्ट्रेशन स्लिपको फोटोकपी परीक्षा आवेदन फारामसंगै संलग्न गर्नु पर्नेछ । अन्यथा परीक्षा आवेदन फाराम स्विकृत हुने छैन । 

३. वि.वि.एस. दोश्रो वर्षको परीक्षामा सम्मिलित हुन प्रथम वर्षको परीक्षामा सम्मिलित भएको वा परीक्षा आवेदन फाराम भरेको हुनुपर्नेछ ।

४. परीक्षा फाराममा हालसालै खिचेको (साधारण पोसाकमा) पासपोर्ट साइजको २ प्रति फोटो टांस गर्नु पर्नेछ । परीक्षा संचालन अवधिसम्म प्रवेश पत्र प्रतिलिपी लिनु परेमा परीक्षा आवेदन फाराममा प्रयोग भए अनुसारको फोटो नै पेश गर्नु पर्नेछ ।

५. नियमित परीक्षार्थीहरूले प्रथम वर्षको परीक्षा रोल नं. परीक्षा आवेदन फारामको शिरमा र आंशिक परीक्षार्थीहरूले गत वर्षको परीक्षा रोल नं. परीक्षा आवेदन फारामको शिरमा वा फाराम पछाडी निर्दिष्ट स्थानमा अनिवार्य रुपले उल्लेख गनुपर्नेछ र रुजुको लागि अनिवार्य रुपमा लव्धाङ्कपत्र ल्याउनुपर्नेछ ।  

६. ४ वर्षे वि.वि.एस. तह २०७० सालमा भर्ना भई २०७१ सालमा प्रथम पटक प्रथम वर्षको परीक्षा दिएकाहरूका लागि यो अन्तिम पटकको परीक्षा हुनेछ ।

 

           क्याम्पस प्रमुख