२०७९।०१।१२

 

त्रिभुवन विश्वविद्यालयको लोगो र यस शंकर देव क्याम्पसको फोटो प्रयोग गरी अनाधिकृत रूपमा यस क्याम्पसको नाममा सामाजिक सञ्जाल फेसबुकमा विभिन्न Account/Page/Group निर्माण गरी सामाजिक सञ्जाल मार्फत विभिन्न सूचनाहरू प्रकाशित भईरहेको जानकारीमा आएको हुँदा यस क्याम्पसको आधिकारिक Website: www.shankerdevcampus.edu.np  बाहेक त्यस्ता कुनै पनि सामाजिक सञ्जाल Facebook Account/Page/Group नभएको व्यहोरा सम्बन्धित सबै सरोकारवालाहरूलाई जानकारीको लागि यसै सूचनाद्वारा सूचित गराइन्छ । 

यस उप्रान्त त्रि.वि.को लोगो तथा यस क्याम्पसको फोटो प्रयोग गरी क्याम्पसको नक्कली Facebook Account/Page/Group सञ्चालन गरिएको पाइएमा प्रचलित कानुन बमोजिम कारवाही गरिने व्यहोरा पनि यसै सूचनाद्वारा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।

 

क्याम्पस प्रमुख