२०७८।१२।१५

 

यस क्याम्पसको वि.वि.एस. चौंथो वर्ष, २०७४ समूहको निःशुल्क छात्रवृत्तिको लागि आवेदन दिने आवेदकहरूको अन्तरवार्ता निम्न मिति र समयमा हुने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । 

 

अन्तरवार्ता हुने दिनहरु :

मिति २०७८ चैत्र २० गते : आवेदन दर्ता नं.  १ देखि १०० सम्म

मिति २०७८ चैत्र २१ गते : आवेदन दर्ता नं. १०१ देखि २०० सम्म 

मिति २०७८ चैत्र २२ गते : आवेदन दर्ता नं. २०१ देखि माथि सबै  

 

अन्तरवार्ता हुने समय र स्थान : अपरान्ह १२ः०० देखि दिउँसो २ः०० बजे सम्म,      क्याम्पस प्रमुखको कार्यालय ।

 

अन्तरवार्तामा आउँदा ल्याउनु पर्ने कागजातहरु :

१) निःशुल्क छात्रवृत्ति आवेदनको अर्धकट्टी ।

२) नेपाली नागरिकताको प्रमाण पत्र ।

३) वि.वि.एस. चौंथो वर्षको क्याम्पस भर्ना रसिद र विद्यार्थी परिचय पत्र ।

४) वि.वि.एस. तेश्रो वर्षको परीक्षाको लब्धाङ्क पत्रको सक्कल प्रति ।

५) प्रमाण पत्र तह वा सो सरहको चारित्रिक प्रमाण पत्र र एस.एल.सी. वा सो सरहको चारित्रिक प्रमाण पत्रको सक्कल प्रति ।

६) दुर्गम/दलित/आदिवासी/जनजाती विद्यार्थीहरुले सम्बन्धित कार्यालयबाट दुर्गम/दलित/आदिवासी/जनजातीको प्रमाण पत्रको सक्कल प्रति  ।

 

  • पुनश्चः माथिका कागजातहरु नल्याउने आवेदकहरुलाई अन्तरवार्तामा समावेश नगराइने व्यहोरा जानकारी गराइन्छ ।

 

 

   शाखा अधिकृत

   निःशुल्क तथा जेहेन्दार छात्रवृत्ति समिति