२०७८।१०।२६

 

त्रि.वि.प.नि.का. वल्खुद्वारा मिति २०७८।१०।२५ गते प्रकाशित सूचना अनुसार वार्षिक परीक्षा प्रणाली अनुसार २०७८ सालमा संचालन हुने ४ वर्षे वि.वि.एस. तह तेश्रो वर्षको परीक्षा दिने यस क्याम्पसका नियमित तथा आंशिक परीक्षार्थीहरूले मिति २०७८ साल फागुन २४ गतेसम्ममा र दोब्बर दस्तुर साधारण म्याद सकिएको एक हप्ताभित्र परीक्षा आवेदन फाराम भरी दिनको ११ः०० बजेदेखि २ः०० बजेभित्र शैक्षिक प्रशासन शाखाबाट रुजु गराई आर्थिक प्रशासन शाखाको फी काउण्टरमा आवश्यक परीक्षा शुल्क सहित बुझाउन सम्वन्धित सवैको जानकारीको लागि सूचित गरिन्छ । 

 

परीक्षा फाराम भर्दा ध्यान दिनुपर्ने कुराहरु :

१) परीक्षा आवेदन फाराम स्वयं विद्यार्थीले भरी सबै प्रकृया पु¥याई आफैंले बुझाउनु पर्नेछ । यसमा अन्यथा हुन गएमा क्याम्पस जवाफदेही हुने छैन ।

२) परीक्षार्थीहरूले त्रि.वि. रजिष्ट्रेशन नं. परीक्षा आवेदन फारामको निर्दिष्ट स्थानमा अनिवार्य रुपले उल्लेख गर्नु पर्नेछ । त्रि.वि. रजिष्ट्रेशन स्लिपको फोटोकपी परीक्षा आवेदन फारामसंगै संलग्न गर्नु पर्नेछ । अन्यथा परीक्षा आवेदन फाराम स्विकृत हुने छैन । 

३) वि.वि.एस. तेश्रो वर्षको परीक्षामा सम्मिलित हुन दोश्रो वर्षको परीक्षामा सम्मिलित भएको वा परीक्षा आवेदन फाराम भरेको हुनुपर्नेछ ।

४) परीक्षा फाराममा हालसालै खिचेको (साधारण पोसाकमा) पासपोर्ट साइजको २ प्रति फोटो टांस गर्नु पर्नेछ । परीक्षा संचालन अवधिसम्म प्रवेश पत्र प्रतिलिपी लिनु परेमा परीक्षा आवेदन फाराममा प्रयोग भए अनुसारको फोटो नै पेश गर्नु पर्नेछ ।

५) नियमित परीक्षार्थीहरूले दोश्रो वर्षको परीक्षा रोल नं. परीक्षा आवेदन फारामको शिरमा र आंशिक परीक्षार्थीहरूले गत वर्षको परीक्षा रोल नं. परीक्षा आवेदन फारामको शिरमा वा फाराम पछाडी निर्दिष्ट स्थानमा अनिवार्य रुपले उल्लेख गनुपर्नेछ र रुजुको लागि अनिवार्य रुपमा लव्धाङ्कपत्र ल्याउनुपर्नेछ ।  

 

 सहायक क्याम्पस प्रमुख