२०७८।१०।२६

 

उपरोक्त सम्बन्धमा यस क्याम्पसका वि.वि.एस. चौंथो वर्ष २०७८ सालको परीक्षामा सम्मिलित भएका विद्यार्थीहरूले Final Project Work आ–आफ्नो Supervisor हरूसंग जाँच गराई यहि मिति २०७८ फागुन १३ गतेभित्र निम्नानुसार प्रक्रिया पुरयाई शैक्षिक प्रशासन शाखामा बुझाई सक्नुपर्ने व्यहोरा सम्बन्धित सबैका लागि सूचित गराइन्छ । 

१)  Final Project Work बुझाउँदा Supervisor's Recommendation र Endorsement क्याम्पसको Letter Head मा बनाउनु पर्नेछ । उक्त २ प्रति Letter Head  यस क्याम्पसको शैक्षिक प्रशासन शाखाबाट प्राप्त गर्न सकिनेछ । 

२) Final Project Work को Supervisor's Recommendation मा Supervisor को हस्ताक्षर र Endorsement मा Campus Chief र Research Department Head को हस्ताक्षर अनिवार्य हुनु पर्नेछ ।

३) Final Project Work तीन (३) कपी बुझाउनु पर्ने छ ।

४) Final Project Work को Topic पहिले बुझाएको Project Work Proposal संग मेल नखाएमा स्वीकृत गरिने छैन ।

५) Final Project Work को VIVA (मौखिक प्रस्तुति) मा विद्यार्थीहरू अनिवार्य रूपमा उपस्थित हुनु पर्नेछ । VIVA लिइने मिति पछि प्रकाशित गरिने छ ।

६) Final Project Work को Cover Page मा चौथो वर्षको परीक्षा रोल नं. (Exam Roll No.), समूह (Group) र Proposal दर्ता नं. स्पष्ट उल्लेख गर्नुपर्ने छ । साथै Final Project Work  को अन्तमा प्रवेश पत्रको प्रतिलिपी अनिवार्य संलग्न गर्नुपर्ने छ ।

 

 

   

सहायक क्याम्पस प्रमुख